Logo

भिडियो

गायिका इन्दिरा भट्टराईको मौलिक तीज गीत मितिनी लोकप्रिय



बौद्धिक, सांगीतिक जगतमा चर्चा, पृथक भएकैले सफल

काठमाडौं – नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईको गीत नाचौँ मितिनीले सांगीतिक बजारमा चर्चा बटुलिरहेको छ। नवीनतम् प्रस्तुति र जीवन्त संगीत संयोजनले भट्टराईको नाचौँ मितिनीलाई सदाबहार बन्न प्रेरित गरेको छ, अथवा भएको छ।

आधुुनिक गीतका सर्वकालीन रचनाकार, कवि, गीतकार दिनेश अधिकारीको शब्दलाई गायिका इन्दिराले स्वर भरिन्, आयो एउटा जीवन्त सिर्जना नाचौँ मितिनी शीर्षकमा। उनको यो प्रयास देशविदेशमा बस्ने नेपालीहरुका लागि तीजको अनुपम कोशेली भएको छ।

हुन पनि एउटा कलाकारले दिने कोशेली युगीन सिर्जना नै हो, जुन कार्य गरिरहेकी छिन्, लोकप्रिय गायिका इन्दिरा। सम्झना बुढाथोकी, नितु कोइराला लगायतका प्रतिभाशाली कलाकारलाई पर्दामा उतार्दा इन्दिराको गीतमा सुनमा सुवास थपिएको छ।

नयाँ नयाँ सिर्जनाहरुलाई प्रस्तुुत गर्दै चुनौतीका काँडेतारहरु छिचोल्दा पनि इन्दिराका पाइला डगमगाएनन्, बरु निडर भएर अनि बढिरहे। र, यो सफलता हासिल भयो।

मितिनीलाई तीजमा कसरी नचाउँछिन् त भट्टराई?

नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।

वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विशेष गीत ल्याएकी हुन्। काठमाडौंमा समारोहको आयोजना गरी गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन्।

भट्टराईले नेपाली मौलिकतालाई अटाइएको गीतमा विशेषतः आममहिलाहरु आपसमा एकताको सुत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ। ‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा अलि विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शनस्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौं,’ गायिका भट्टराईले भनिन्।

कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताए।

‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छिन्। कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन्। सुदीप सागरको संगीत संयोजन तथा राजु केसीको छाँयाङ्कन रहेको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन्। प्रस्तुति इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको रहेका छ।

भिडियोको लिंक

प्रकाशित : २० श्रावण २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल