Logo

राजनीति

मधेशका बाढीपीडितका सहारा बने तरुण दल महामन्त्री शाही



काठमाडौं – नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीको पहलमा तराई मधेशका विभिन्न जिल्लाका बाढी पीडितलाई राहत वितरण गरिएको छ। महामन्त्री शाहीको नेतृत्वमा तरुण दलका नेताहरु राहत वितरणका लागि विभिन्न जिल्ला पुगेका हुन्।

रौतहट, महोत्तरी, धनुषा र सप्तरीका गाउँपालिका र नगरपालिकामा बाढीबाट विस्थापित भएका सर्वसाधारणहरुलाई राहत सामग्री प्रदान गरिएको छ। चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको महासचिव शाहीले बताए।

बाढी प्रभावित जिल्लामा मानवीय उद्धार राहतको आवश्यकता रहेको औल्याउँदै प्रदेश, स्थानीय र केन्द्र सरकारले तत्काल काम सुरु गर्नुपर्ने बताए। ‘मधेशका केही जिल्लाको अवस्था बाढीका कारण ज्यादै नराम्रो भएको रहेछ,’ शाहीले भने, ‘हामीले मानवीयताको नाता र सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेका छौं। तर सरकारले राहत र उद्धार कार्यलाई विशेष प्राथमिकता दिनुपर्छ।’

मानवीयता र सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको परोहा नगरपालिका, धनुषा, महोत्तरी र सप्तरीको तिलाठी कोलाडी गाउपालिकामा राहत वितरण गरिएको उनले बताए।

राहत सामग्री स्वरुप चामल, आटा, चिउरा, भुजिया, त्रिपाल, झुल, बाल्टिन समेत गरी झण्डै १५ लाख बराबरको राहत वितरण गरिएको छ।

दुईतिहाइको कम्युनिस्ट सरकारका प्रभावशाली र वरिष्ठ मन्त्रीहरू हेलिकप्टरबाट बाढी प्रभावित जिल्लाहरूको खाली हात अनुगमन मात्र गरेका बेला शाही राहत लिएर मधेश पुगेका हुन्।

मन्त्रीहरू खालीहात बाढी प्रभावितहरूको रमिता हेरेर फर्किएको भनेर आलोचना भइरहेका बेला कांग्रेसका युवा नेताहरुमध्येमा गतिशील र निरन्तर सक्रिय रहने तरुण दल महासचिव शाहीले आफ्नै बलबुतामा बाढीपीडितलाई सहयोग गरेर सबैको मन जितेका छन्।

‘तरुण दलको तर्फबाट सहयोग गर्न पाउँदा खुसी छौँ, हामीले आफ्नो क्षमताअनुसार सहयोग गरेका छौँ, राहत उपलब्ध गराउने दानी व्यक्ति, संघ र संस्थाहरूलाई धन्यावाद दिन चाहन्छु,’ महासचिव शाहीले भने।

राहत वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवं पूर्वसांसद रञ्जीत कर्ण, कांग्रेस सप्तरी सचिव रामकुमार यादव, तरुण दल रौतहट अध्यक्ष नौसाद आलाम, तरुण महोत्तरी अध्यक्ष विनय यादव, सचिव विन्देश्वर साह, धनुषा उपाध्यक्ष विवेक साह, जनकपुर नगर अध्यक्ष पंकज मिश्र, नेपाल तरुण दल लालबन्दीका अध्यक्ष सुदेश ढुंगाना, मनराज शाही, जगतजङ्ग बिष्ट लगायत युवा नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल