Logo

भिडियो

गायिका इन्दिरा भट्टराईको तिमी हाँस्दा हासौँला गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं – गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ। इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो।

देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ।

वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन्। तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन्। म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन्।

 

प्रकाशित : १९ बैशाख २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल