Logo

मनोरञ्जन

बिदा भए पर्दा पछाडिका हिरो स्टेन ली


२७ कार्तिक २०७५, मंगलबार


काठमाडाैं, २७ कात्तिक – अमेरिकी व्यङ्ग्यात्मक लेखक, सम्पादक तथा प्रकाशक स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको खबरपछि सामाजिक सञ्जालमा शोक व्यक्त भइरहेको छ।

अन्तर्राष्ट्रिय रूपमा व्यापक श्रद्धाञ्जलि प्रकट भइरहेका ली हलिउडमा सर्वाधिक सफल तथा ख्याती प्राप्त स्क्रिप्ट लेखकका साथै मार्भल कमिकका जन्मदाता पनि हुन्। थ्रुपै हलिउडका अभिनेतालार्इ स्टार बनाएका उनी पर्दा पछाडिका महानायकको रूपमा सुपरिचित रहेका छन्।

स्पाइडर म्यान, एभेन्जर्स, एक्स मिन जस्ता सर्वाधिक लोकप्रिय चलचित्रहरूको निर्माणका क्रममा टोम होल्यान्ड, एण्ड्रियु गार्फिल्ड लगायतका अभिनेतालार्इ विश्वव्यापी रूपमा फरक पहिचान दिलाएका लीको निधनका बारेमा अन्तर्राष्ट्रिय समर्थकका साथै सहकर्मी र उनले पर्दामा उतारेका स्टारहरूले श्रद्धासुमन प्रकट गरेका छन्।

२८ डिसेम्बर सन् १९२२ मा जन्मिएका स्टेन लीको निमोनियाका कारण १२ नोभेम्बरमा निधन भएको हो। उपचाररत उनको लस एन्जलसस्थित सिडार्स सिनाल मेडिकल सेन्टरमा निधन भएको हो।

प्रकाशित : २७ कार्तिक २०७५, मंगलबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: