Logo

समाज

चाडपर्वमा अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई छैनः डीआइजी अधिकारी


२१ कार्तिक २०७५, बुधबार


बुटवल – प्रदेश नम्बर–५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई नहुने बताएका छन्।

उनले तिहार छठ नेपालसम्बत जस्ता चाडपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरेका छन्।

अधिकारीले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताए। उनले सुरक्षाबिना विकास सम्भव नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए।

‘पटाखा ल्याउन, बेच्न, पड्काउन केही गर्न पनि पाइँदैन, यो ५ दिनको अवधिमा २ लाख २७ हजार ५ सय १७ मूल्यको वरावरको पटाखा बरामद गरेका छौँ,’ पक्राउ परेकाहरुलाई बिस्पोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता भइसकेको छ,’ अधिकारीले भने।

पिताम्बर अधिकारी।

प्रदेश–५ मा ५० लाख जनसंख्याको लागि १० हजार प्रहरी मात्रै रहेको उल्लेख गर्दै अधिकारीले यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए। ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तव्यमा कोहि पनि विचलित हुनुहुन्न, कहिकतै अवाञ्छित घटना हुन दिन्नौँ,’ उनले भने।

प्रदेश–५ मा ठूला व्यापारिक नाका रहेको जनाउँदै अधिकारीले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिवद्धता जनाए। ‘सीमा क्षेत्रबाट ठूला–ठूला ट्रक पनि छोप्यौँ, ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौँ, सडकमा कानूनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन,’ उनले भने।
अधिकारीले प्रदेश ५ मा ट्राफिक व्यवस्थापनमा नयाँ ठोस योजनामा नयाँ नियम ल्याउँदै गरेको जानकारी दिए।

उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पिड नियन्त्रण गर्ने अभियान केही दिनमा शुरु हुने अधिकारीको भनार्इ छ। ‘यो प्रदेशमा मुख्य गरी लागूऔषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन्, हामीले यसलाई न्यूनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौँ।

प्रकाशित : २१ कार्तिक २०७५, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: