Logo

विचार

कसरी रोक्ने बलात्कार र हत्याजस्ता जघन्य अपराध?



सृजना ढकाल ‘सरु’


सुशासनको अनुभूति गर्न जनता प्रतिक्षारत रहेका बेला मुलुकमा दिन्दिनै अपराध र बलात्कारको घट्ना बढ्दै छन्। कञ्चनपुरकी निर्मलापछि धेरै निर्मलाहरु शहीद भए। बलात्कारमा परेर वा अन्य हिंसामा परेर धेरै महिलाले ज्यान गुमाए। अपराध घट्नुको साटो झन् आक्रामक भएको छ। केही समयअघि पोखरा पुम्दीकी १० वर्षकी बालिका श्रीया सुनारको घरबाट ५ मिनेटको दुरीमा रहेको पसल जाँदा बाटोमै बलात्कार र हत्या भयो। घरको छेउ नै पनि अब सुरक्षित रहेन। अब सुरक्षा कहाँ छ? १० वर्षकी बालिकामाथि यो कस्तो यौन तृष्णा? सुन्दा पनि टेकेको धर्ती भासिएको आभाश हुने।
पोखराको घटनाको अपराधी पत्ता लगाउन प्रहरी सफल भएको छ। प्रहरीले अपराधीलाई सार्वजनिक गरी कानूनी कठघरामा उभ्याइसक्यो।

तर कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका अपराधी ३ महिनासम्म पनि पत्ता लाग्न नसक्नुको कारण के हो? प्रहरीले इमान्दारिताका साथ लागिपरे अपराधी उम्कन नपाउने रहेछ भन्ने प्रमाण पोखराको घटना हो। के कञ्चनपुरका प्रहरी इमान्दार भए यस्तो अवस्था आउने थियोश्र यहाँ प्रहरी नै दोषी छ भन्न कसैले रोक्न सक्दैन। पोखरा प्रहरीको सफलता र कञ्चनपुर प्रहरी–प्रशासनको असफतलताले सुरक्षा निकायभित्र आपराधिक मानसिकता बोकेका व्यक्तिको हालिमुहाली छ भन्ने प्रष्ट भएको छ।

सृजना ढकाल ‘सरु’

यस्तो स्थितिमा आपराधिक मनोबल बढ्दै जाने निश्चित हुन्छ। त्यसबाट समाज निकै त्रसित बन्न पुग्छ। प्रत्येक आमाको निन्द्रा हराएको छ अहिले। कसरी बालिका बँचाउने भन्ने त्रास छ। घरमा थुनेर राख्न सम्भव छैन, घर बाहिर सुरक्षित हुने ग्यारेन्टी छैन। हरेक छोरीहरुको मानसिकता कमजोर भएको छ। यसरी छोरी चेलीको भविष्य कस्तो होला? हरेक पुरुषमाथि शंका हुनु स्वाभाविकजस्तै भएको छ। के अबका छोरीहरु पुरुषको काँधमा काँध मिलाएर अगाडि बढ्न सक्लान? य‍ो प्रश्नको जवाफ राज्यले नै दिन्छ।

अब हाम्रो समाज हामी आफैँले सुरक्षित राख्नु पर्छ। समाजका हरेक सदस्य सचेत हुनुपर्छ। सरकारको दायित्व भनेर चुप लाग्ने हो भने हजारौँ निर्मलाहरुको दर्दनाक पीडाको कहानी बन्ने छ। कारुणिक इतिहास लेखिने छ। हरेक परिवारले आफ्ना सन्तानलाई निगरानी गर्न जरुरी छ। के गर्छन्, कहाँ जान्छन् भनेर हेर्न पनि जरुरी छ। अब छोरीलाई भन्दा छोरालाई संस्कार सिकाउन जरुरी छ। नारिलाई भन्दा पुरुषलाई संस्कारको जरुरी छ। नभए सभ्यतामाथि नै प्रश्न उठ्ने छ।
स्कूल, कलेज समाज, टोलमा जनचेतना फैलाउन जरुरी छ। आमा समूह, क्लबहरु, संस्थाहरु सबै मिलेर चेतनामूलक काम गर्नुपर्छ। ‘सरकारको सहयोग लिउँ, हाम्रो समाज हामी आफैँ बनाउँ’ यही नाराका साथ अघि बढे पक्कै अपराध निर्मुल हुने छ। सबैभन्दा ठूलो कुरा लागूअौषधलार्इ नियन्त्रण गर्नु हो। हरेक अपराधमा अपराधीले लागूअौषधको प्रयोगपछि यस्ता अापराधिक कृत्य गरेको पाइन्छ। उमेर समूह तोकेरै मादकपदार्थ तथा अन्य लागूऔषध प्रयोग तथा बिक्री वितरण गर्नुपर्छ। विस्तारै नियन्त्रण नै गर्नुपर्छ। हरेक बालबालिकालाई अात्मरक्षाका लागि तालिम पनि दिनैपर्छ। सबै ईमान्दार भएर लाग्ने हो भने अपराध न्यूनिकरण हुन्छ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल