Logo

मनोरञ्जन

बासुदेवः अभिभावकलाई दायित्वबोध, युवालाई सचेतना



काठमाडौं – रहरै–रहरले भरिएको युवा मन। पारिवारिक विचलनले ग्रस्त परिवेश। शिखर चुम्ने चाहना। तर, पाइलैपिच्छे आउने अवरोधले थलिएको मनोदशा। आधुनिकता र शहरीकरणसँगै युवाहरुमा आएको गम्भीर बिचलनलाई उतारिएको छ काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा चलिरहेको नाटक ‘बासुदेव’मा।

बासुदेव नाटकको निर्देशन सन्दीप श्रेष्ठ र नवीन भट्टले गरेका हुन्। आयुष प्याकुरेल, सन्दीप श्रेष्ठ, सुरभी सापकोटा र आभा नेपालले नाटकमा अभिनय गरेका छन्।

आयुष प्याकुरेल, सन्दीप श्रेष्ठ, सुरभी सापकोटा र आभा नेपाल।

यस्तो छ कथावस्तु

नाटक बासुदेवमा बासु २२ वर्षीय युवा हुन्। बासु आफ्नो घरबाट २० लाख रुपैयाँ चोरी गरेर हिँडेका हुन्छन्। उनी आफ्नो साथी देवको कोठामा पुग्छ।

बासु र देव चोरीको उक्त रकमबाट लागूपदार्थ किनेर टन्नै पैसा कमाउने योजना बनाउँछन्। र, देवकी गलफ्रेन्ड इशा हुन्छिन्। र, उनीहरु दुवैले इशालाई पनि लागूपदार्थको आफ्नो बिजिनेशमा संलग्न गराउँछन्।

इशाको साथी श्लेषा पनि यो कार्य र पैसाको  खेलको साक्षी बन्न पुग्छिन्। श्लेषा अन्ततः बासुको प्रेममा पर्छन्।

एक्काइसौं शताब्दीको आधुनिक समाज र अहिलेका युवालाई सचेत गराएको नाटकमा अभिभावकलाई पनि आफ्नो दायित्व सम्झाइएको छ।

नाटकमा युवावस्थामा आई पर्ने कयौं अन्यौल र परिपक्तताबीचको संघर्ष प्रस्तुत गरिएको छ। ‘हामीले अहिलेका युवाको मनोदशालाई नाटकमा उतारेका हौं’ – निर्देशक सन्दीप श्रेष्ठले भने।

भदौ ३१ गतेसम्म मञ्चन हुने नाटक बासुदेवको निर्माण फोर क्युब इन्टरटेमेन्ट प्रालिले गरेको हो।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल