Logo

समाचार

न्यूयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित



न्यूयोर्क – संयुक्त राज्य अमेरिकाको न्यूजर्सी र न्यूयोर्क निवासी पत्रकारहरु प्रदीप थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन्।

न्यूयोर्कको ब्रुकलिनमा आयोजित एक कार्यक्रममा न्यूयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थितिमा प्रदान गरिएको हो।

इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन्। उनले न्युयोर्कको नवौं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छिन्।

सन् २००७ देखि १३ सम्म न्यूयोर्कको डिस्ट्रिक्ट ११ बाट प्रतिनिधिसभा सदस्य रहेकी उनी सन् २०१३ देखि हालसम्म डिस्ट्रिक्ट ९ बाट प्रतिनिधिसभा सदस्य छिन्। उनी गत निर्वाचनमा छैठौं पटक प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। सिम्चा फेल्डर न्यूयोर्कको स्टेट सिनेटमा डेमोक्रेटिक सांसद हुन्। उनले १७ औं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन्।

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन्। पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन्। उनीहरुलाई यस अगाडि न्यूयोर्क सिटी र जर्सीसिटीको सिटी काउन्सिलबाट पनि सम्मान गरिएको थियो।

प्रकाशित : २९ श्रावण २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल