Logo

समाचार

प्रा.डा. गोविन्द केसीको निष्कर्ष, ‘सरकारले म्याण्डेटबिनै कर्मचारी पठाएर झारा टार्न खोज्यो’



जुम्ला – १९ दिनदेखि अामरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीले नेपाल सरकारले अाफ्ना मागहरू पूरा गर्न पहल नगरेको निष्कर्ष लगाएका छन्।

बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रा.डा. केसीले सरकारले अाफूसँग प्रारम्भिक चरणको वार्ता गरेको भएपनि अहिलेसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्यान्डेट नै नदिर्इ कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम गरेको बताएका हुन्।

अाफ्ना मागहरूको अन्तरवस्तुमा गएर सार्थक वार्ता शुरु हुन नसकेको टिप्पणी गर्दै केसीले यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा अाफुले उठाएका एजेण्डाहरुप्रति उदासीन रहेको गुनासो व्यक्त गरेका छन्।

विज्ञप्तिमा केसीले यो अवस्थामा अाफ्ना मागहरु सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नरहेको प्रष्ट पारेका छन्।

त्यसै कारण वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई प्रा.डा. केसीले चेतावनी दिएका छन्। साथै त्यसपछि मात्रै अर्को चरणको वार्तामा अाफूहरू बस्ने जानकारी उनले गराएका छन्।

प्रकाशित : २ श्रावण २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल