Logo

राजनीति

यातायात क्षेत्रमा एकाधिकार फर्कन सम्भव छैनः गृहमन्त्री



​​​​​​​

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ ।

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।”

उहाँले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताउनुभयो । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो ।

एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उहाँले अपिल गर्नुभयो।

प्रकाशित : २७ असार २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल