Logo

मनोरञ्जन

पृथक र नवीनतम् शैलीमा निर्मित ‘साली कस्को भेनाको’



काठमाडौं – भद्र भुजेलको निर्देशनमा बनेको चलचित्र ‘साली कस्को भेनाको’को आज ट्रेलर सार्वजनिक भएको छ। कमेडी शैलीमा बनेको चलचित्रमा मगर जातिको सांकृतिक सौन्दर्यता प्रस्तुत गरिएको छ।

चलचित्रमा साली र भेनाको सम्बन्धलाई कथाको रुपमा प्रस्तुत गरिएको जानकारी कलाकार विल्सनविक्रम राईले जनाएका छन्। पृथक कथावस्तु, नवीनतम् शैली रहेको उनले बताएका छन्।

पुष्प आचार्यको कथामा तयार भएको चलचित्रमा विल्सनविक्रम राई, रजनी गुरुङ, सुष्मा कार्की, मरिष्का पोखरेल, प्रिया रिजाल, जयनन्द लामा, दीप सागर, कविता आले, पुष्कर गुरुङ लगायतको मुख्य भूमिका रहेको छ।

दीप सागर यही चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गर्दैछन्। मानवीय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण भएको छ।

प्रकाशित : २४ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल