Logo

समाचार

निषेधाज्ञा तोडेर प्रा.डा. केसीलाई अस्पतालमा पुर्याइयो, आकस्मिक कक्षमा उपचार हुँदै



काठमाडौं – जुम्लामा पाँच दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीलाई अस्पतालमा भर्ना गरिएको छ। खलंगा कबडहलमा आमरण अनशन गरिरहेका प्रा.डा. केसीलाई साँझ साढे ५ बजे अस्पताल भर्ना गरिएको हो।

उपचारमा संलग्न डा. प्रवीण गिरीका अनुसार केसीलाई आकस्मिक कक्षमा राखेर उपचार गरिँदै छ। स्वास्थ्य जटिल छ। र, उच्च सतर्कताका साथ उपचार भइरहेको छ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएपनि प्रा.डा. केसीले १५औं आमरण अनशन शुरु गरेका हुन्। साथै चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग पनि उनले राखेका छन्।

केसीको स्वास्थ्य गम्भीर बनेपछि उनका सहयोगी र चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका हुन्। स्थानीय प्रशासनले केसीको अनशनलाई मध्यनजर गर्दै प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर, उनको स्वास्थ्य अवस्था खस्किएपछि चिकित्सकले अनशनरत अवस्थामै निषेधाज्ञा तोड्दै थप उपचारका लागि अस्पताल पुर्याएको जनाइएको छ। केसीको उपचारमा डा. प्रवीण गिरी, सिद्धार्थ खाती लगायत संलग्न रहेका छन्।

प्रकाशित : २० असार २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल