Logo

राजनीति

विश्वप्रकाशले केपी ओलीलाई सोधे, ‘मुखमा लोकतन्त्रको राम–राम, नियतको बगलीमा के?’



काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै लोकतन्त्रको पाठ पढाउनु पर्ने हो भनेर सोधेका छन्।

प्रवक्ता शर्माले संसदमा हलुका जवाफ दिने, सिंहदरबार नजिक प्रदर्शनमा रोक लगाउने तथा मिडियामा क्रमशः बढ्दो हस्तक्षेपप्रति पनि आपत्ति जनाएका छन्।

सोमबार ट्वीट गर्दै शर्माले जुम्ला पुगेर अनशन बस्दा पनि प्रा.डा. गोविन्द केसीलाई धरपकड गरिएकोप्रति कडा आलोचना गरेका शर्माले ओलीलाई प्रश्न गरेका छन्, ‘टाढा जुम्ला पुगेर अनशन बस्दा धरपकड। मुखमा लोकतन्त्रको राम–राम, नियतको बगलीमा के सरकार?’

यसअघि, प्रवक्ता शर्माले माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा उचित समयमा तोडिने उद्घोष गरेका थिए।

अमेरिकामा ह्वाइटहाउस सामुन्ने स्वीट्जल्याण्ड या जापानमा सरकारको नाकैअघि विरोध प्रदर्शन गर्न पाइने दृष्टान्त प्रस्तुत गर्दै शर्माले भनेका छन्, ‘तर, सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होइन नेपाल हो।’

शर्माले सरकारले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णयको नियतमा खोट रहेको टिप्पणी रहेका छन्।

प्रकाशित : १८ असार २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल