Logo

भिडियो

गगन थापाको गर्जन, ‘केपी ओलीको समाजवाद दलाल पूँजीपतिको मेडिकल कलेजका पक्षमा’



​​​​​​​

काठमाडौं, १७ असार – नेपाली कांग्रेसको प्रभावशाली नेता एवं सांसद गगनकुमार थापाले स्वास्थ्य अध्यादेश प्रतिस्थापन विधेयकको प्रतिस्थापन गर्ने चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण गर्न ल्याइएको टिप्पणी गरेका छन्।

नेता थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानमाथि गम्भीर आपत्ति व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोलेका थापाले वामपन्थी सरकारले ल्याएको विधेयकलाई चरेसको थालमा मार्सी धानको भात खुवाउने र कम्युनिष्ट  परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यका साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको बताएका छन्।

सत्याग्रह शुरु गरेका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति पनि सांसद थापाले आलोचना गरेका छन्।

सांसद गगनकुमार थापाले भने,

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाउन् वा सस्तोमा बन्न–पढ्न पाउन्, गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याइयोस् भनेर माग राख्ने डा. गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने!

दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको उपलक्ष्यमा दुई वटा कम्युनिष्ट पार्टीका महान अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट  परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।

प्रकाशित : १७ असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल