Logo

राजनीति

सरकारको भण्डाफोर गर्न तरुण दलद्वारा आन्दोलनको घोषणा



​​​​​​​

काठमाडौं – नेपाल तरुण दलले केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयविरूद्ध अान्दोलनको घोषणा गरेको छ। सरकारका गलत निर्णयविरुद्ध यही असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भण्डाफोर कार्यक्रम गर्ने भएको छ।

कार्यक्रममा तरुण नेताहरुको विशेष सम्बोधनसँगै चर्चित कलाकार, कवि, साहित्यकार, पत्रकार र नागरिक समाजका अगुवाहरुले दबाब अभियान सञ्चालन गर्ने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जनाएका छन्।

केन्द्रीय समितिको निर्णय अनुसार देशैभरि प्रशिक्षणको महाअभियान भर्खरै सम्पन्न गरेको नेपाल तरुण दलले संगठनलाई थप मजबुद र सशक्त बनाउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ।

सोही क्रममाअसार १३ गते  सरकारले गरेको मूल्यबृद्धि, अदालतको अपहेलना, प्रेसमाथि हस्तक्षेप, सरकारको निरंकुश चरित्र, ओली सरकारको गलत क्रियाकलाप र  रबैयाको भण्डाफोर गर्न देशैभरि विरोध सभा तथा मुख्य चोकमा कोण सभा गरिने नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिएका हुन्।

युवा संवाद नागरिक सद्भाव अभियान अन्तर्गत सरकारले गरेको मूल्यवृद्धि, अदालतको अपहेलना, प्रेसमाथि हस्तक्षेप तथा अन्य अराजनीतिक क्रियाकलापको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरिएको शाहीले जनाएका हुन्।

प्रकाशित : १० असार २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल