Logo

राजनीति

यो सरकार पुजारी जस्तो होइनः प्रधानमन्त्री



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोचसहित अघि बढ्नु पर्ने बताएका छन्।

मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिँदै ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताएका छन्।

‘यो सरकार पुजारी जस्तो होइन। बिहान उठ्ने मन्दिर जाने पूजा गर्ने। अनि भोलि फेरि उही रीत दोहोर्याउने,’ ओलीले भने, ‘देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ। विगतको निरन्तरता मात्र होइन।’

प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए। हरेक मन्त्रालयले के–कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउन उनले निर्देशन दिएका छन्।

ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको विषयमा व्यापक छलफल गरेर साउन १ गते देखि कार्यान्वयन शुरु गर्नु पर्दछ।’

खेर गएको जमीनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ। जनताको अपेक्षा सरकारले सबैथोक गरिदेओस् भन्ने भएपनि सरकारसँग त्यो सामथ्र्य नहुने भएकाले जनतालाई आफैँ सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने ओलीको भनाइ छ।

सरकार सुशासनमा दृढ रहेकाले सबै मन्त्री तथा सचिवहरुलाई यसको प्रत्याभूति दिन ओलीले निर्देशन दिए।

‘सरकार भ्रष्टाचारप्रति शुन्य सहनशील छ। त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस्,’ ओलीले भने।

​​​​​​​

प्रकाशित : २५ जेष्ठ २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल