Logo

राजनीति

नेपाल केही वर्षभित्रै सम्पन्न राष्ट्र बन्नेछः प्रधानमन्त्री



​​​​​​​

काठमाडौं, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्।

नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकाले यसमा सबैको सहयोग हुनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारले बालबालिका, युवा तथा विद्यार्थीहरुको हीतमा काम गर्ने बताएका छन्। वि.सं. २०२४–०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै ओलीले भने, ‘स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ। अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्री ओलीले देशलाई केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताएका छन्। ‘नेपाललाई अब विपन्न देश होइन केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउँदै छौं,’ ओलीले भने।

नेपाल जीवनमय देश भएकाले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने ओलीको भनाइ छ। ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

जम्बोरीमा भाग लिन नेपालसहित भारत, भूटान, बंगलादेशबाट सहभागीहरु आएका थिए।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल