Logo

समाचार

‘नेपालको पहिचान संसारमा फैलाउन सगरमाथाको योगदान’



काठमाडौं, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ;आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर आरोहण अभियानबाट प्रकृतिसँग मानिसको संवाद वा अन्तरक्रिया बेजोडरुपमा अगाडि बढेको छ, नेपालको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमासमेत भएको छ।’

अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन, विश्वभरिका जनताको एकता र गौरवलाई पनि सगरमाथाले केन्द्रित गरेको बताउनुभयो।

सगरमाथा आरोही संघले मानवसेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गर्नुभयो।

अध्यक्ष दाहालले सगरमाथा नेपालका पहिचान र गौरव भएकाले यसको अझै बढी प्रचारप्रसारको आवश्यकता रहेको बताउदै विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पालगायतले सगरमाथाको महत्वकाबारेमा प्रकाश पार्नुभयो।

प्रकाशित : १२ जेष्ठ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल