Logo

राजनीति

विवेकशील साझा पार्टी प्रदेश नम्बर–३ संयोजकमा बास्कोटा



​​​​​​​

काठमाडाैं, ४ जेठ – विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई चयन गरेको छ। गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभाको उम्मेदवार बनेकी बाँस्कोटा कानूनकर्मी तथा व्यवसायी हुन्।

३४ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाको सेण्ट जोन्स विश्वविद्यालयबाट कानूनमैं स्नातकोत्तर गरेकी छिन्।

स्नातकोत्तरपछि ‘डिन्स फेलो’ मनोनित भएर केही समय अमेरिकामैं काम गरी वि.सं. २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानूनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।

विवेकशील साझा पार्टी प्रवक्ता तथा  प्रवक्ता तथा प्रदेश नम्बर–३ को संसदीय दलका नेता रमेश पौड्यालका अनुसार पारिवारिक पृष्ठभूमिले राजनीतिक माहौलमा हुर्किने अवसर पाएकी बास्कोटा राष्ट्रलाई बृहत्तर रूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वास राख्छिन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।

एक जना सुशिक्षित, उद्यमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नम्बर–३ को संयोजक तथा केन्द्रीय सदस्यका रूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको पाैड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : ४ जेष्ठ २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल