Logo

राजनीति

गणतन्त्र सरकारी होइन जनदिवस हो, गाउँपालिकासम्म नै मनाउनुपर्छः प्रधानमन्त्री



काठमाडौैं, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउनु पर्ने बताएका छन्।

गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष ओलीले आज गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव बनाउनु पर्ने बताएका हुन्।

‘गणतन्त्र सरकारी दिवस होइन जनदिवस हो,’ ओलीले भने, ‘यो दिवस गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ।’

लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै सर्वश्रेष्ठ हुने पाखण्डी प्रणालीलाई विस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए।

ओलीले दैनिक कामकाजलाई बाधा नहोस् भनेर यो वर्ष गणतन्त्र दिवसको सार्वजनिक बिदा कटौती गरिएको बताए। ‘बिदा बसेर मात्र गणतन्त्र मनाइने होइन,’ उनले भने, ‘कार्यालय समय बाहिरको समयमा दिवस मनाऊँ। कार्यालय समयमा काम गरौं।’

गणतन्त्र दिवसका दिन व्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देशन दिए।

‘गणतन्त्रका विषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्,’ ओलीले भने, ‘त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ।’

टुँडीखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवसको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ।

प्रकाशित : ४ जेष्ठ २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल