Logo

समाचार

थारू समुदायका दुई सय महिलालाई महिनावारीसम्बन्धी शिक्षा



चितवन – ग्रामीण क्षेत्रका महिलाहरू अार्थिक विपन्नता तथा सचेतनाको अभावले प्राकृतिक रूपमा हुने महिनावारीका सम्बन्धमा पनि भ्रममै रहेका हुन्छन्।

त्यसैले महिलाको स्वास्थ्यका दृष्टिकोणले अन्यन्तै महत्वपूर्ण मानिने महिनावारी हुँदा अपनाउनु पर्ने सचेतता तथा सरसफार्इका सम्बन्धमा अभियान नै सञ्चालन गरिएको छ। चितवनको भरतपुर महानगरस्थित मेघौलीमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी’ भन्ने नाराका साथ गान्धी इन्टरनेशनल मिसन नेपालद्वारा सञ्चालित सचेतना अभियान अन्तरगत भरतपुर महानगरमा सचेतना कार्यक्रम गरिएको हो।

कार्यक्रममा महानगरको वडा नम्बर–२७ र २८ का करीब दुई सय महिलाहरुको सहभागिता रहेको थियो। थारू समुदाय बाहुल्य रहेको मेघौलीमा महिनावारी हुँदा गर्नुपर्ने सरसफाई, किशोरीहरुमा महिनावारी हुँदा आउने समस्या र हेरचाहको विषयमा सहभागीहरूलाई जानकारी दिएको थियो।

कार्यक्रममा सहभागी महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तथा सरसफाई सम्बन्धी सामग्री वितरण गरिएको थियो।

गान्धी इन्टरनेशलन मिसनकी स्वास्थ्य संयोजक डाक्टर अंकिता अग्रवालले महिनावारी महिलाहरुमा हुने साधारण प्रक्रिया भएपनि महिनावारीको समयमा राम्रो हेरचाह र सरसफाई नगर्दा असाधारण समस्या आउने र ज्यानै जान सक्ने भएकाले महिनावारी सम्बन्धी परम्परागत धारणामा परिवर्तन ल्याउन अभियान सञ्चालन गरिएको जानकारी दिएकी छिन्।

महिला स्वाथ्य सुरक्षा सबल भएमात्रै समृद्ध नेपालको परिकल्पना सकार हुने भएकाले महिला तथा किशोरीहरुको स्वास्थ्यका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गरिएको डा. अग्रवालले उल्लेख गरिन्।

कार्यक्रममा सहभागी वडाध्यक्ष गोविन्द तामाङले स्वास्थ्य अभियानले महिलाको स्वास्थ्य सुरक्षामा सहयोग पुगेको धारणा राखेका छन्।

मेघौली स्वाथ्य केन्द्रको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा डा. अंकिता अग्रवाल, डा. ओमा सापकोटा र डा. मदन बस्नेत तथा नेपाली सेना स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन विद्यार्थी तथा चितवन मेडिकल कलेजका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहले महिनावारी सम्बन्धी विभिन्न विषयमा जानकारी गराएका थिए।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल