Logo

खेलकुद

आइपिएलमा सन्दीपको शानदार डेब्यूः पहिलो खेलमै विकेट



​​​​​​​

काठमाडौं, ३० वैशाख – नेपाली राष्ट्रिय टोलीका सदस्य एवं उदीयमान क्रिकेटर सन्दीप लामिछानेले लामो प्रतिक्षापछि आइपिएलमा डेब्यू गरेका छन्। पहिलो खेलमै उनले विकेट लिएर विश्व क्रिकेटमै सुन्दर सुदूर भविष्यको संकेत गरेका छन्।

दिल्ली डियरडेभिल्समा रहेका सन्दीपले शनिबार भएको खेलमा एक विकेट लिएका छन्। रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गर्दै उनले ४ ओभरमा २५ रन मात्रै दिए। यद्यपि, दिल्ली बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ।

हारसँगै दिल्लीको अाइपिएल यात्रा सकिएको छ। बैंग्लोर चाहिँ अंक गणितीय हिसाबमा प्रतियोगितामा रहने छ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। रिशव शर्मा पन्तले ६१ रन बनाए। अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाएका छन्।

जवाफी ब्याटिङमा उत्रिएको बैंग्लोरविरुद्ध सन्दीपलाई पहिलो ओभरमै सन्दीपलार्इ बलिङमा पठाए। सन्दीपले पहिलो ओभरमा ६ रन दिए। दोश्रो ओभरको चौँथो बलमा पार्थिव पटेललाई ६ रनमै एलबिडब्लू धरापमा पारेपछि दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दीपलार्इ बधार्इ दिए।

बोल्ट र सन्दीपले दोश्रो र तेश्रो ओभरमा विकेट लिए। तर, बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सले १ सय १८ रनको साझेदारी गरे। कोहली ७० रनमा आउट हुँदा डिभिलियर्स ७२ रनमा अविजित रहे।

प्रकाशित : ३० बैशाख २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल