Logo

प्रदेश-१

एपिएफ क्लबका कप्तान भए विल्सनविक्रम, सुनिल थापा र अनमोल केसी पनि मैदानमा



झापा, २९ वैशाख – विल्सनविक्रम राईलाई स्टार कलाकार हुन्। नेपाली सिनेजगतदेखि भारतीय फिल्म उद्योगसम्म छाएका विल्सनविक्रम नयाँ–नयाँ रुपमा देखिन्छन्।

केही दिनअघि विल्सनविक्रम फेरि नयाँ भूमिकामा देखिए। झापाको दमकमा जारी गोल्डकप फुटबलमा कलाकार विल्सनविक्रम सशस्त्र प्रहरी बलकोे एपिएफ क्लबबाट ८ नम्बर जर्सी लगाएर मैदानमा उत्रिए।

त्यसैगरी अर्का स्टार अनमोल केसी एपिएफ क्लबकै ११ नम्बरको जर्सीमा मैदान उत्रिए। दर्शकदिर्घामा बसेका कयौं सर्वसाधारण छक्क परे। कलाकार पनि फुटबलर पनि भनेर।

तर, निर्देशक दिवाकर भट्टराईको कलाकारहरुको ‘मुभ’ शुरु गरेपछि मात्रै दर्शकहरुलाई थाहा भयो कि, त्यहाँ कुनै फिल्मको छायांकन भइरहेको थियो।

भूवन केसीको निर्माण रहेको फिल्म क्याप्टेनमा अनमोल र विल्सनविक्रमले खेलाडीको भूमिका निभाउने छन्। मैदानमा चर्चित कलाकार सुनिल थापा पनि देखिएका छन्। विल्सनविक्रमले फिल्ममा आफूलाई टिमका कप्तानका रुपमा प्रस्तुत गरिएको जनाएका छन्।

विल्सनविक्रमका अनुसार अघिल्लो सातादेखि फिल्म क्याप्टेनको सुटिङ चलिरहेको छ। फिल्ममा उपाशना सिंह ठकुरी, प्रियंका एमभी तथा प्रशान्त ताम्राकार लगायतलाई देख्न सकिने उनले बताएका छन्।

प्रकाशित : २८ बैशाख २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल