Logo

भारत

वडा अध्यक्षकी पत्नीको दिल्लीमा यौनधन्दा, कोठी नम्बर–६४ बाट १९ वर्षीया किशोरीको उद्दार



इन्द्रकमल जैरू, नयाँ दिल्ली, २५ वैशाख – भारतको राजधानी नयाँ दिल्लीको सबैभन्दा बदनाम इलाका जिबी रोडबाट एक नेपाली किशोरीको उद्दार गरिएको छ।

दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा केआई नेपालले चलाएको अभियान अन्तरगत बाँके जिल्लाको बैजनाथ अगैयाकी १९ वर्षिया किशोरीको उद्दार गरिएको हो।

दिल्लीस्थित कुख्यात रेडलाइट एरिया हो। र, दिल्लीको सबैभन्दा बदनाम इलाका पनि हो। ती किशोरीका अनुसार आजभन्दा करिब ५ महिना अगाडि सुनिल थापा नामक व्यक्तिले विवाह गर्ने बहानामा नेपालगञ्ज नाका हुँदै दिल्ली लिएर आएका थिए।

दिल्लीको सराय काले खाँ ठाउँमा पुगेको दिन आफैसँग राखेपनि दोश्रो दिन रमेश ठाकुर नामक व्यक्तिलाई बेचेर सुनिल थापा फरार भएका थिए। त्यसपछि आनन्द विहार लिएर गइ अलग-अलग व्यक्तिसँग मोटो रकममा आफ्नो सौदा गर्ने गरेको उनको भनाई छ।

​​​​​​​

आफूलाई जबरजस्ती अलग-अलग व्यक्तिसँग पठाइने गरेको र  कुरा नमान्दा कुटपिट पनि हुने गरेको पीडित किशोरीले बताएकी छन्। करिब एक महिनापछि आफूलाई जिबीरोडको ६४ नम्बर कोठामा बेचिएको उनले जनाएकी छन्।

जिबीरोडको ६४ नम्बर कोठा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका नुवाकोट दुप्चे गाउँपालिका–१ का वडा अध्यक्ष सुनबहादुर तामाङकी पत्नीद्वारा सञ्चालित कोठी हो। सो कोठामा करिब ३५ जना नेपाली महिलाहरु पनि रहेको जनाइएको छ।

जिबीरोड जस्तो नर्कबाट छुटेर आफूले नयाँ जीवन पाएको उल्लेख गर्दै उनले अब आफूलाई त्यहाँसम्म पुर्याउने सबै दलाल र अपराधीहरुलाई कारबाही हुनुपर्ने माग गरेकी छिन्।

त्यसैगरी, केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले जिबीरोडबाट महिलाको उद्दार निकै कठिन रहेपनि दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा किशोरीको उद्दार गर्न सफल भएको बताएका छन्।

प्रकाशित : २५ बैशाख २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल