Logo

अन्तरवार्ता

‘नेपाल लगानीका लागि उर्भर, १० वर्षभित्रै १० लाख युवालाई उद्यमशील बनाउछौं’



नेपाली युवा उद्यमशील अभियन्ता एवं ओया अपर्च्यूनिटिजकी प्रमुख कार्यकारी अधिकृत सिइओ पार्शु अर्याल संयुक्त राज्य अमेरिकास्थित क्लिन्टन फाउण्डेशनको राजदूतमा नियुक्त भएकी छन्। दक्षिण एशिया क्षेत्रका लागि विशेष राजदूतमा पार्शु नियुक्त भएकी हुन्। विगत लामो समयदेखि युवा उद्यमशीलताका क्षेत्रमा सक्रिय रहेकी उनी विदेशमा शिक्षा हासिल गर्न जाने विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था गर्दै आएकी छिन्। नेपाली युवाले विश्वका हरेक देशका युवासँग प्रतिष्पर्धा गर्न सक्छन् भन्ने प्रमाणका रूपमा यसलार्इ लिनुपर्ने बताउने पार्शु अर्यालसँग गरिएको संवादः

संयुक्त राज्य अमेरिकास्थित क्लिन्टन फाउण्डेशनको राजदूतमा कसरी नियुक्त हुनुभयाे? याे संस्था कस्ताे संस्था हाे? यसले के काम गर्छ?

–क्लिन्टन फाउण्डेशन अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनकाे अभिभावकत्वमा चलेकाे संस्था हाे। यसकाे मुख्य कार्यालय संयुक्त राज्य अमेरिकास्थित न्यूयाेर्कमा छ। गत वर्ष ओया अपर्च्यूनिटिजबाट हामीले ‘द स्टार्ट अप’ अवार्ड जितेकाे थियाैं। यसकै माध्यमबाट म क्लिन्टन फाउण्डेशनमा कार्यरत रहेकी छु। र, अहिले म यहाँकाे छनाेट प्रक्रियाबाट नै राजदूतमा नियुक्त भएकी हुँ। क्लिन्टन फाउण्डेशनमा अावद्ध रहेर दक्षिण एसियाली राष्ट्रहरूमा रहेका युवाहरूकाे व्यक्तित्व विकासमा पहल गर्नु नै मेराे जिम्मेवारी हाे। अाेया अपर्च्यूनिटिज सबै युवाहरूका लागि एउटा पृष्ठभूमि हाे, जहाँ युवाले अाफ्नाे नयाँ सिर्जनशीलतालार्इ देखाउँछन्। र, मराे जिम्मेवारी उनीहरूकाे क्रियाकलापलार्इ प्रवर्द्धन गर्नु हाे।

नेपाली युवाहरूको समग्र उत्थान र क्षमता विकासका लागि कस्तो काम गर्नुहुन्छ?

–फाउण्डेशनको राजदूतकाे रूपमा मैले क्लिन्टन फाउण्डेशनमा भइरहेका क्रियाकलाप तथा नयाँ–नयाँ कार्यक्रमहरू सबै सामु जानकारी गराउनु गर्छ। नेपालीहरूलार्इ क्लिन्टन फाउण्डेशनका क्रियाकलापहरूबारे जानकारी भइरहेकाे हुँदैन। त्यसैले नेपाली युवाहरूलार्इ त्यहाँ भइरहेका सबै कामहरूका बारेमा जानकारी गराउने तथा नेपाली युवालार्इ अाेया अपर्च्यूनिटिजमा सञ्चालन हुने सबै कार्यक्रमहरूमा सहभागी हुन मद्दत पुर्याउनु छ। नेपाली युवाले नै पनि सञ्चालन गरिरहेका कतिपय उद्यमशीलतासम्बन्धी कार्यक्रमले ठाउँ नपाइरहेकाे अवस्थामा मैले युवा–युवालार्इ जाेड्न मद्दत गर्नेछु।

तपार्इकाे अाफ्नाे व्यक्तित्व विकासमा यो संस्था र यो जिम्मेवारीले कसरी सहयोग पुर्याउछ?

–मेराे लागि याे गाैरवशाली पद हाे। यसले मलार्इ पैसाभन्दा पनी बढी सम्मान दिएकाे छ। एउटा पहिचान दिएकाे छ। सम्पूर्ण नेपालीहरूलार्इ प्रतिनिधि गर्न पाउनु मेराे भाग्यशाली अवसर हाे। मैले सम्पूर्ण रूपमा दक्षिण एशियामा अाफ्नाे सञ्जाल फैलाउन राम्राे अवसर पाएकाे छु।

क्लिन्टन फाउण्डेशनमा राजदूत नियुक्त भएसँगै तपार्इले के–कस्ता काम गर्नुभयाे?

–क्लिन्टन फाउण्डेशनअन्तर्गतको अाेया अपर्च्यूनिटिज उद्यमशीलताको विकासमा लागेको संस्था हाे। अहिले म यस संस्थाकाे प्रवर्द्धनमा जुटेकी छु। यसका साथै युवाको शीप प्रबर्द्धनका लागि विभिन्न कार्यक्रमहरू ल्याउँदै छाैं। इण्डोनेशियाकाे जकार्तामा छिट्टै नै ‘बुट क्याम’ हुँदैछ। यो कार्यक्रमको उद्देश्य युवा सशक्तीकरणसँगै उद्यमशील बनाउने हाे। यसमा हामीले ४० देशबाट लगभग २ सय प्रतिनिधिहरूलार्इ समेट्ने लक्ष्य राखेका छाैं। अहिले यसैलार्इ कसरी अझै बढी प्रभावकारी बनाउने भनेर लागिरहेका छाैं। साथै दक्षिण एशियाली मुलुकका युवाबीच सञ्जाल बनाउन विभिन्न कार्यक्रमहरू ल्याउँदै छाैं। काम भर्खर शुरू गरेकी छु। त्यसैअनुसार योजनाबद्ध रूपमा अघि बढिरहेका छाैं।

नेपालमा उद्यमशीलताको क्षेत्रमा लाग्न के–कस्ता समस्या छन्? र, सम्भावना कस्तो देख्नु भएको छ?

–नेपालमा उद्यममा लाग्न सबैभन्दा सजिलो छ। समस्या लगानीको छ। तर, राम्रो काम गर्ने सोच राख्दा प्रशस्त लगानी जुट्छ। त्यसैले कुनै समस्या छैन। मैले हजाराैं नेपाली युवालार्इ उद्यमशील बनाउने लक्ष्य दिएर काम गरिरहेकी छु। १० वर्षभित्र १० लाख युवालार्इ उद्यमशील बनाउछाैं। नेपाल उद्यम गर्नका लागि उर्भरभूमि हो। यहाँ जे गरेपनि नयाँ नै हुन्छ। विकशित मुलुकमा भन्दा यहाँ धेरै सम्भावना छ।

–अाेया अपर्च्यूनिटिजले नेपालमा के–कस्ता काम गरिरहेकाे छ? क्लिन्टन फाउण्डेशनसँग कसरी समन्वय गर्नुहुन्छ?

–अाेया अपर्च्यूनिटिजले नेपालमा युवाहरुका लागि नयाँ अवसरहरूको खोजी गरिरहेको छ। सम्भावनाहरूलार्इ केलाएर युवाहरूलार्इ उद्यमशील बनाउन सहयाेग गर्छ। त्यसैगरी, यसमार्फत क्लिन्टन फाउण्डेशनले विभिन्न कार्यक्रमहरू सञ्जालन गर्दैछ। ग्लाेबल एन्टरप्रेनरशीपजस्ता महत्वपूर्ण कार्यक्रम ल्याएकाे छ। यसले युवाहरूलार्इ उद्यमशीलतातर्फ डाेहाेर्याउन सहयोग गर्छ। क्लिन्टन फाउण्डेशनमार्फत नेपाली युवामा अाेया अपर्च्यूनिटिज र ग्लाेबल एन्टरप्रेनरशीप बुटक्याम्पबीच समन्वय गरेर लैजान पहल गर्दैछु। ग्लाेबल नेटबर्कमार्फत हामी युवाका व्यावसायिक धारणाहरूकाे कदर गर्ने, राम्रा धारणाका लागि लगानीकर्ता जुटाइदिने काम गर्छाैं। यसले नयाँ उद्ययमशीलताबाट नेपाली युवाहरूलार्इ अात्मनिर्भर बनाएर युवाकाे व्यक्तित्व विकासमा टेवा पुर्याउने छ। उनीहरूलार्इ अन्तर्राष्ट्रिय रूपमा चिनाउने छ। म युवाका लागि एउटा पुलकाे भूमिकामा रहने छु।

प्रकाशित : २९ चैत्र २०७४, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल