Logo

बागमती प्रदेश

नेपाली कला र संस्कृति सिक्दै स्वीडेनकी बालिका



काठमाडौं – संसार एउटा पाठशाला हो। मानिस अन्तर्राष्ट्रिय जाति हुन्। विश्व हामी सबैको साझा घर हो। विविधतायुक्त संसारमा फुल्ने मानव रुपी फूलको आ–आफ्नै रङ्ग र आ–आफ्नै सुगन्ध हुन्छ।

भूगोल र प्राकृतिक संरचनाका कारण आ–आफ्नै रुपरङ्ग र विशेषता पनि छ। तर, कहिलेकाही परिवेश बदलिन्छ। नयाँ संरचनासँग मिल्न पुग्नुपर्छ मानिसले। पूर्वबाट पश्चिम र उत्तरबाट दक्षिण, जीवन संघर्षका दौरान अनेक आरोह र अवरोध पार गर्नुपर्छ।

काठमाडौंमा विगत ५ वर्षदेखि बस्दै आएकी स्वीडेनकी बालिका लेया नेरो पनि टाढाको भूगोलबाट नेपाल आएर पढ्दै छिन्।

नजानेको परिवेशलाई अंगालेर हिँड्दा पनि मानिस सफलताको शिखरमा पुग्छ। माया र स्नेह पाउँछ। काठमाडौंमा विगत ५ वर्षदेखि बस्दै आएकी स्वीडेनकी बालिका लेया नेरो पनि टाढाको भूगोलबाट नेपाल आएर पढ्दै छिन्। ‘केही फरक त छ,’ लेयाले शुभदिनसँग भनिन्, ‘तर, अब मलाई नेपाल र स्वीडेनमा जहाँ बसेपनि हुन्छ, कुनै असहज छैन।’

दिल्ली हुँदै काठमाडौं

लेयाको जन्म सन् २००६ को नोभेम्वर १६ तारिखका दिन स्वीडेनमा भएको हो। उनकी आमा एनी नेरो र बुवा निकोलस नेरो हुन्। सन् २०१० को जनवरी महिनामा एनीसँग दिल्ली आएकी लेयाले त्यहाँ दुई वर्ष बिताइन्। त्यसपछि एनी नेपाल आइन्। साथमा छोरी लेयालाई पनि सँगै ल्याइन्। निकोलस पनि नेपाल आए।

लेयाको शैक्षिक जीवन दिल्लीमा रहँदा प्ले ग्रुपबाट शुरु भएको हो। सन् २०१२ मा काठमाडौं आएपछि लेयाले शुरुवातमा इम्पेरियल स्कूल र म्हेपी मन्दिरस्थित विजय स्कूलमा अध्ययन गरिन्। त्यसपछि निर्माण नेपाल स्कूलमा कक्षा ३ देखि ५ सम्म अध्ययन गरेकी लेयाले यो शैक्षिकसत्रमा कक्षा–६ को आधा पढाई आलोक विद्याश्रमबाट गरेकी छिन्।

स्वीडेनकी नागरिक भएपछि लेयालाई नेपाली, नेवारी, हिन्दी लगायतका भाषा प्रष्ट आउँछ। बोल्न र लेख्न पनि उनी सजिलै सक्छिन्। 

प्रतिभाशाली लेया

लेया नेरो बहुप्रतिभाशाली छात्रा हुन्। उनी गीत गाउँछिन्, आफैँ लेख्छिन्। नृत्य गर्न पनि उनलाई खुब मन पर्छ। लेयाले प्यारो राम बोलको भजन गाएकी छिन्। कयौं रचनात्मक भिडियो उनले युट्युबमा राखेकी छिन्। नयाँ गीत गाउने तयारीमा उनी छिन्।

भविश्यमा लेयालाई भेटेरिनरी डाक्टर बन्न मन छ। उनलाई घरपालुवा जनावर सारै प्यारो लाग्छ। कुकुरलाई उनी असाध्यै माया गर्छिन्। उनीकहाँ तीन वटा स्थानीय प्रजातिका कुकुर छन्।

स्वीडेनकी नागरिक भएपछि लेयालाई नेपाली, नेवारी, हिन्दी लगायतका भाषा प्रष्ट आउँछ। बोल्न र लेख्न पनि उनी सजिलै सक्छिन्।

नेराेलाई घरपालुवा जनावर सारै प्यारो लाग्छ। कुकुरलाई उनी असाध्यै माया गर्छिन्।

एनीको व्यवसाय

एनी र निकोलस व्यवसाय गर्नकै लागि स्वीडेनबाट नेपाल आएका हुन्। उनीहरु हस्तकलाका सामग्रीको व्यवसाय गर्छन्। दिल्लीमा राम्रो साथ संगत नपाएपछि आफूहरु नेपाल आएको एनीले बताएकी छिन्।

‘भारतमा कसैलाई विश्वास गर्नै नसकिने, सामग्री उत्पादनमा पनि लापरबाही हुन्थ्यो,’ एनीले शुभदिनसँग भनिन्, ‘नेपालमा सहयोगी भावनाका मानिस भेटेकी छु।’

एनीले नेपाली सामग्रीको निर्यात स्वीडेनमै गर्दै आएकी छिन्। विशेषगरी, नेदरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया र अमेरिकामा पनि नेपाली हस्तकलाका सामग्री निर्यात गर्दै आएको उनले बताएकी छिन्। ‘विश्वका प्रायः सबै देशमा नेपाली उत्पादन पठाउँदै अाएका छाैं,’ उनले भनिन्।

प्रकाशित : २९ चैत्र २०७४, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल