Logo

खेलकुद

बिबिएफसी झापा पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकपको फाइनलमा


२८ चैत्र २०७४, बुधबार १६:२३


पाँचथर, चैत्र २८ – डिफेण्डिङ्ग च्याम्पियन बिबिएफसी झापा पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ्ग रवि गोल्डकपको फाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा मोरङ्ग युनाइटेडलाई ४–१ ले पराजित गर्दै बिबिएफसी झापाले फाइनल यात्रा तय गरेको हो। यद्यपी खेलमा अग्रता पहिले मोरङ्गले लिएको थियो।

झापाका जर्सी नम्बर १० का सुनिल खड्काले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। तर, बिबिएफसीका जर्सी नम्बर १६ का रजिन धिमालले २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याए। त्यसपछि खेलको २८ औं मिनेटमा गोल गर्दै जर्सी नम्बर २१ का गिल्सन कन्दङ्गबाले बिबिएफसीलाई २–१ को अग्रता दिलाएका थिए।
पहिलो हाफमा २–१ अग्रता लिएको बिबिएफसीले दोश्रो हाफको ९ औं मिनेटमा अग्रता तेब्बर बनायो।

उसका गिल्सन कन्दङ्गबाले डिबक्स भित्र रजिन धिमालले दिएको क्रस पासमा गोल गरेका थिए। त्यसपछि अझ उत्कृष्ट खेल प्रदर्शन गरेको बिबिएफसीले दोश्रो हाफको २८ औं मिनेटमा चौथो गोल गर्यो।

चौथो गोल जर्सी नम्बर ९ का हेमन्त थापा मगरले गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर २१ का गिल्सन कन्दङ्गबा घोषित भए। भोलि अन्तिम सेमिफाइनलमा राष्ट्रिय जागृति सुनसरी र नेपाल पुलिस क्लब एक नम्बर प्रदेश आमने–सामने हुनेछन्। खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप–विजेताले एक लाख प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना राइजिङ्ग स्टार स्पोर्टिङ्ग क्लबले गरेको हो।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: