Logo

खेलकुद

रोमासँग बार्सिलोनाको लज्जास्पद हार, बाहिरियो च्याम्पियन्स लिगबाट


२८ चैत्र २०७४, बुधबार


काठमाडाैं, चैत २८ – च्याम्पियन्स लिग क्वाटर फाइनलमा मंगलबार राति भएकाे पहिलो लेग अन्तरगतकाे बार्सिलाेना र एएस राेमा विरूद्धकाे खेलमा ४–१ को गाेल अन्तरले पराजित हुदैँ बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

बार्सिलोनाको घरेलु मैदानमा ४–१ गोल अन्तरको पराजय व्यहोरेको रोमाले दोस्रो लेगमा ३–० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४–४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो। दुई लेगमा ४–४ गोलको बराबरी भएपनि अवे गोलको आधारमा रोमाले बार्सिलोनालाई पछि पारेको हो।

इडेन जेकोले छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी  रोमाका सेन्टर ब्याक कोस्टाभ मानोलासले निर्णायक गोल गर्दै सेमिफाइनलमा रोमाको स्थान सुरक्षित गरेका हुन्।

दोस्रो हाफको ५८औं मिनेटमा द्यानिली डी रोस्सीले पेनाल्टी मार्फत गोल गर्दै रोमाको पुनरागमनको आधार बनाएका थिए। बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले जेकोलाई फौल गरेपछि रोमाले पेनाल्टी पाएको थियो।

रोमाविरुद्ध बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल फर्काउन नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन बाध्य बनेको हो। त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो। पहिलो लेगमा ३–० को अग्रता बनाएको लिभरपुलले समग्रमा ५–१ को जीत हासिल गरेको हो।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: