Logo

भारत

सलमानले पाए जोडी, क्याटरिनालाई भित्र्याउने तयारी



​​​​​​​

मुम्बई, १५ वैशाख – बलिउड अभिनेता सलमान खानले जोडी पाएका छन्। उनले क्याटरिना कैफलाई भित्र्याउने तयारी गरेका छन्। कुनै समयका प्रेमी–प्रेमिका सलमान र क्याटरिना फेरि एकजुट भएका हुन्।

पछिल्लो पटक ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउने हुन्। टेलिभिजन रियालिटी शो ‘बिग बोस’का लागि सलमान र क्याटरिनाको जोडी फाइनल भएको हाे।

१२औं संस्करणको शोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री क्याटरिना कैफले साथ दिँदैछिन्।

सलमान र क्याटरिना शोका लागि चाँडै नै तयारीमा जुट्दैछन्। कलर्स च्यानलबाट प्रसारण हुने शोको घोषणा ‘राइजिङ स्टार २’को फाइनल भागमा गरिएको थियो।

शो लगत्तै च्यानलले ट्वीटरमा ‘बिग बोस’को नयाँ संस्करणको थिमबारे जानकारी दिँदै ट्विट गरेको थियो। ‘बिग बोस १२’ चाँडै नै टेलिभिजनमा आउँदैछ। हामी शोको जोडीको खोजीमा छौं। बिग बोसको घरमा दुई गुणा रमाइलो गर्न आफ्नो पार्टनरलाई पनि ल्याउनुहोला,’ च्यानलले ट्वीट गरेको छ।

शोका लागि निर्माताले अडिसन पनि गर्दैछन्। ‘बिग बोस ९’मा निर्माताले ‘डबल ट्रबल’ नामक थिम राखेका थिए। जसकारण बिग बोसको घरमा निकै उथलपुथल भएको थियो। यही शोबाट प्रभावित भएर निर्माताले यसपटक ‘पार्टनर’ थिम ल्याएका छन्।

यसपटकको सोको थिम नै ‘पार्टनर’ राखिएकाले सलमानले पनि क्याटरिनालाई पार्टनरका रुपमा सोमा ल्याएको बताइएको छ। शोमा सलमानको सञ्चालन शैलीलाई दर्शकले अत्याधिक रुचाएका छन्। सलमान भन्दाअघि अमिताभ बच्चन, सञ्जय दत्त, शिल्पा शेट्टी र अरशद वारसीले पनि यो शो सञ्चालन गरेका थिए।

प्रकाशित : १५ बैशाख २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल