Logo

शिक्षा

अनेरास्ववियु विद्यार्थी भर्ना अभियानमा, बालबालिका लिएर स्कूल–स्कूलमा (फोटो फिचरसहित)



काठमाडाैं, ६ वैशाख – सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा साथसाथै हिँड्ने निर्णय अनुसार नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरूले पनि विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरूलार्इ स्कूल जाने व्यवस्था गर्न लागिरहेका छन्।

अनेरास्ववियु नेतृत्वले संविधानमा व्यवस्था भएअनुसार सम्पूर्ण नेपालीले शिक्षा पाउनुपर्ने मौलिक अधिकारको आत्मसात गर्दै सरकारले थालेको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउने प्रष्ट पारेकाे छ।

यसैबीच, अनेरास्ववियुकी उपाध्यक्ष एवं विद्यार्थी भर्ना तथा निरक्षरता उन्मूलन अभियानकी संयोजक सुनिता बरालले विभिन्न विद्यालयमै पुगेर विद्यार्थी भर्ना गराइरहेकी छिन्।

‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ भन्ने मूल नाराका साथ शुरू भएको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानअन्तर्गत काठमाडाैंकाे चोभारस्थित अादिनाथ माविमा विद्यार्थी भर्ना गरिएको बरालले जनाएकी छिन्।

कैलाली घर भएका कमला राना र राजकुमार रानाका छोरा रिषभ रानाको सोही विद्यालयमा भर्ना गरिएको छ। त्यस्तै सुष्मा श्रेष्ठ र सुवास श्रेष्ठका छोरा सुलभको पनि अादिनाथ माविमै भर्ना गरिएको उपाध्यक्ष बरालले जनाएकी छिन्।

अार्थिक रूपमा कमजोर रहेका अभिभावकलार्इ अाफ्नो छोराछोरीहरूलार्इ विद्यालय पठाउन प्रेरित गरेर भर्ना गरिदिएको उनले बताइन्।

केन्द्रीय सदस्य सजिना थापामगरका अनुसार अार्थिक अवस्था कमजोर रहेका दुवै बालकलार्इ विद्यालयमा अावश्यक पर्ने सामग्री पनि प्रदान गरिएको छ।

प्रकाशित : ६ बैशाख २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल