Logo

भारत

इलियाना विवाहअघि नै गर्भवती, बलिउड मच्चियो सनसनी!



इलियाना डिक्रुज।

काठमाडाैं, ६ वैशाख – बलिउड नायिका इलियाना डिक्रुज गर्भवती भएको खबर बाहिरिएकाे छ। भारतीय मिडियाका अनुसार इलियानाले पहिलो सन्तान जन्माउने तयारी गरिरहेकी छिन्। तर, उनले अझै गर्भवती भएको खबरबारे केही बोलेकी छैनन्।

डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमस सेलिब्रेसनको एक फोटो शेयर गरेकी थिइन्। उक्त फोटोको क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको साटो पति भनेर सम्बोधन गरेकी थिइन्। दुवैले अस्ट्रेलियामा गुपचुप विवाह गरेको भारतीय मिडियाहरूले जनाएका छन्।

त्यहीँबाट उनले विवाह गरेको खबर बाहिरिएको थियो। तर, त्यसबारे पनि उनले केही नबाेली ‘मेरो प्रेम सम्बन्धको बारेको कुरा व्यक्तिगत हो, म यसलाई लुकाउन पनि चाहन्न, बताउन पनि चाहन्न’ भनेकी थिइन्।

बलिउडका कतिपय स्टारले चाहिँ इलियानाको गर्भावस्थाका विषयमा अाश्चर्य प्रकट गरेका छन्।

प्रकाशित : ६ बैशाख २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल