Logo

समाज

३ दशकपछि अशोक स्तम्भको संरक्षण


१२ चैत्र २०७४, सोमबार ०६:३५


कपिलवस्तु, चैत १२ – यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको ३ दशकपछि संरक्षण गरिएको छ।

सदरमुकाम तौलिहवादेखि ७ कि.मी. उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ २ टुक्रामा विभाजित भई भुइँमा लडेको थियो। त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा १ वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना (सेड) निर्माण गरी संरक्षण गरेको हो।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षक भएको छ। त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ। उनीहरू दिनरात खटिरहन्छन्।

निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ। लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन्।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: