Logo

खेलकुद

रोनाल्डो र मेसीको प्रतिस्पर्धाका विषयमा रोनाल्डिन्होको यस्तो टिप्पणी


११ चैत्र २०७४, आइतबार


बार्सिलोना, चैत ११ – फुटबलका २ सुपर स्टार बार्सिलोनाका लियोन मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुनुलाई ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होेले उत्तम भएको बताएका छन्। दशक यता मेसी र रोनाल्डोले विश्व फुटबललाई चम्किलो बनाएको रोनाल्डिन्होको भनाई छ।

‘मेसी र रोनाल्डोले १० पटक बालोन डी’ ओर जितेका छन्। दुवैले गोलको वर्षा गरिरहेका छन्,’ बार्सिलोनाका पूर्व स्टार उनले भने,‘उनीहरुले कयौं उपाधि जितेका छन्। कति कीर्तिमान बनाएका छन्। उनीहरुबीचको प्रतिस्पर्धाले फुटबललाई थप रोमाञ्चक बनाएको छ।’

एउटै पुस्ताका रोनाल्डो र मेसीमा को उत्कृष्ट भन्ने वहस चलिरहेको छ। उनले भने ‘दुवै सुपर स्टार हुन्। उनीहरुका कारण फुटबललाई नै राम्रो भएको छ। दुई खेलाडीबीच बालोन डी’ ओरका लागि सधै प्रतिस्पर्धा हुने गर्दछ। जुन खेलाडीले पनि आफुलाई उत्कृष्ट गर्न प्रयास गर्छन्।’

अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोले क्लब फुटबलका लागि सबै खाले उपाधि जितेपनि अहिले सम्म दुवैले विश्व कप जित्न सकेका छैनन्। सन् २००२ को विश्व कप विजेता ब्राजिलका सदस्य रोनाल्डिन्होले रसियामा हुने विश्वकपमा अर्जेन्टिनालाई दाबेदार मध्येको एक भएको बताएका छन्। यसका साथै उनले विश्व कपमा ब्राजिल मुख्य चुनौति हुने बताएका छन्।

प्रकाशित : ११ चैत्र २०७४, आइतबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: