काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर–३० मा सोमबार आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै सांसद् थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन्। १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए। त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५ सय ८४…