Logo

राजनीति

नेपालको राजनीति पर्दापछाडिका शक्तिबाट नियन्त्रित, संसद् विघटन असामान्य: डा. सिके राउत



रुपन्देही, ९ फागुन – जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रुपमा लिन नसकिने धारणा राखेका छन्।

लुम्बिनी प्रेस क्लबले रुपन्देहीको भैरहवामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. राउतले संसद् विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रुपमा लिएको प्रष्ट पारेका हुन्। 

नेपालको राजनीति पर्दापछाडिका शक्तिबाट नियन्त्रित रहेको उल्लेख गर्दै अध्यक्ष राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने बताए। 

त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा उनको जोड छ। वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने उनले बताएका छन्। 

अहिले सञ्चालन गरिने विकास–निर्माणका कामबारे जनतालाई नसोधिएको बताउँदै अध्यक्ष राउतले भने, ‘जहाँबाट कमिसन धेरै आउँछ, उसैलाई निर्माणको जिम्मा दिने गरिएको छ।’

डा. राउतले जनताले दुईतिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताएका छन्। 

सरकारी पक्ष र विपक्षी सडकमा रहेको उल्लेख गर्दै अध्यक्ष राउतले यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने? भन्दै प्रश्न गरे। ‘करिब दुईतिहाइ जनमत पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने?,’ उनले प्रश्न गरे। 

नेपालमा व्यवस्था धेरै फेरिएको भएपछि अवस्था नफेरिएको बताए। सही व्यक्ति चयन गर्न नसक्दा यो परिस्थिति निर्माण भएको उनको धारणा थियो। 

निर्वाचन भएमा मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्ने अध्यक्ष राउतको धारणा छ। ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ,’ उनले भने।

नागरिक आन्दोलन शुरु भइसकेको उल्लेख गर्दै अध्यक्ष राउतले यस्तो आन्दोलन दलविशेषको हुन नहुने प्रष्ट पारे। नागरिक आन्दोलन पक्ष–विपक्ष भनेर नहुने उनको धारणा छ। 

‘नागरिक सामाजले पुस्तौंदेखि भएका अन्यायलाई उठाउन सक्नुपर्छ, होइन भने नागरिक आन्दोलनको औचित्य रहँदैन,’ डा. राउतले भने।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग गरिएको अन्तरवार्ता (भिडियो)

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल