Logo

समाचार

न्यायका लागि मानवअधिकार सञ्‍जालको संयोजकमा अर्याल



काठमाडौं, १४ साउन – अधिवक्ता इन्द्रप्रसाद अर्याल न्यायका लागि मानवअधिकार सञ्‍जालको संयोजकमा चयन भएका छन्। संयोजक अर्याल नेपाल मानव अधिकार संगठनका निवर्तमान अध्यक्ष हुन्।

मानवअधिकार र न्यायका बारेमा पैरवी र पहल गर्न स्थापित सञ्जालका सदस्य सचिवमा कोक्यापका पूर्व अध्यक्ष एवं अधिवक्ता बद्रीप्रसाद भुसाल र सदस्यमा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व सभापति एवं पत्रकार राजन कुइँकेल चयन भएका छन्।

संयोजक अर्यालले देशमा नागरिक समाज, न्यायकर्मी, मानवअधिकारकर्मी सक्रियताका साथ लाग्नुपर्ने बेला आएको बताएका छन्।

मानवअधिकार रक्षाका लागि एउटा बुलन्द आवाज उठाउन पर्ने आवश्यकता महसुस गरेर आफू निरन्तर रुपमा न्यायका पक्षमा सक्रिय रहेको संयोजक अर्यालले बताएका छन्।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मानवअधिकारको रक्षाका लागि नागरिक तहबाट दबाब दिनुपर्ने धारणा राखेका छन्।

, वरिष्ठ मानवअधिकारवादी कपिल श्रेष्ठ, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी लगायत सहभागी भएका थिए।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल