उनको सम्झनामा एकछिन


मोहन बञ्जाडे 

अहोरात्र
यिनै पाखा पखेरामा
चार वर्ण छत्तीस जातको फूलबारीका लागि
यौटा देश
फिरंगीबाट जोगाउन
ऊ हिड्यो हिडिरह्यो -अनवरत।

अहँ ऊ झुकेन कत्ति झुकेन
उपनिवेशका क्रुर तोपसँग
त्यसैले त सिन्धुलीगढीको
कुइनेटोमा झण्डा कुरेर
तरवार उठाए पुर्खाले
हात माग्दा उसैलाई साथ दिएर।

मोहन बञ्जाडे।

सिङ्गो नेपाल बनाउन हिँड्नै थियो
ऊ नेपाली जगाउदै हिँड्यो
बाहिरका वैरीसँग लड्दै हिड्यो
वैरीका चर धपाउदै पनि हिड्यो
मुलुकको निम्ति -शंख फुक्दै पनि हिँड्यो
आई लाग्नेमाथि जाई लाग्दै पनि हिँड्यो।

अचेल कोही कोही
जासुस जिसेप्पीलाई कुशको बाबु मानेर
शत्रु सैनिक कर्कप्यात्रिकलाई गुरु थापेर
तिनका सन्तानको जुठो पुरोको अमनले
कुण्ठा ओकल्दै छन्
घृणाले कुल्ला गर्दैछन्
यही माटोमा।

भाडाको बाबुको खोजीमा अल्मलिदै
कति दिन गुजारा चलाउछौँ
आफ्नै पुर्खा धिक्कारेर
त्यता हेर त -माटोमा अनि झण्डामा
त्यहाँ आफ्नै पूर्खाको
पसिना पनि छ र रगत पनि छ।

ढालेका सालिक उठाउ त-
अलिकति देश उठ्छ
छरेका घृणा मेटायौ भने-
अल्लिमाथि समाज उठ्छ
सिकाएको कुण्ठा मेटाएर त हेर-
मन झन् कति माथि उठ्छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: