Logo

राजनीति

नाइजेरियाली पूर्व राष्ट्रपति शागरीको निधन



अबुजा – नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उहाँ सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति हुनुहुन्थ्यो।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकार विरुद्ध सत्ताविद्रोह गर्नुभएको थियो। राष्ट्रपति बुहारीले शासन सत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको बताउनुभएको छ।

शागरीको राष्ट्रपतित्वकालमा तेलको मूल्यमा सन् १९८० को प्रारम्भमै भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो। साथै, अव्यवस्था चरम सीमामा पुगेको तथा राष्ट्रको ऋण बढेको थियो।

मुलुकको आर्थिक परिस्थिति कमजोर भएपनि उहाँको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो। तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकार विरुद्ध सत्ता विद्रोह गरेका थिए। शागरीमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो।

तर, भ्रष्टाचारको आरोपबाट मुक्त भएपनि उहाँ राजनीतिमा पुनः फर्कनुभएन। जीवनको उत्तरार्द्ध मा उहाँले राजनीतिबाट सन्यास लिनुभएको थियो।

प्रकाशित : १५ पुस २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल