Logo

समाचार

शाहसी आरोही अनिशलाई बेलायती महारानीको बधाई



झापा – यसै वर्ष तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका झापाली अनिश लुइँटेल अहिले संयुक्त राज्य अमेरिका पुगेका छन्।

द्रोसो पटक सफल आरोहण गरेका अनिशले पहिलो पटक वि.सं. २०७२ सालमा नेपालको संविधान सगरमाथाको शिखरमा पुर्याएका थिए।

यस वर्ष वैशाख ३१ गते अनिशले नेपालको राष्ट्रिय झण्डा, स्काउट लोगोसहित सगरमाथा आरोहण गरेपछि केही समय गृहजिल्ला झापामै व्यस्त रहे।

त्यससपछि अनिश अमेरिका पुगे। उनी नेपाल स्काउटका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पनि हुन्। मंसिर २० गते अमेरिका आयोजना गरिएको एक कार्यक्रममा अनिशले सहभागी हुँदैछन्।

नर्थेन स्टार काउन्सिल ब्वाई स्काउट अफ अमेरिकाले आयोजना गरेको मिलियन डलर डे फण्ड रिसिङ इभेन्ट कार्यक्रममा प्रमुख वक्ताकै रुपमा अनिशले सम्बोधन गर्ने छन्।

५ सयभन्दा बढी सहभागीका बीचमा उनले आफ्नो प्रस्तुति दिने छन्। कार्यक्रममा अनिश कार्यक्रममा नेपाल स्काउटको पोशाकमा सहभागी हुने छ।

यसैबीच, बेलायतस्थित बकिङ्गम प्यालेसले पनि अनिशलाई सगरमाथाको शाहसिक आरोहणका लागि शुभकामना दिएको छ। महारानी एलिजाबेथले अनिशलाई पठाएको शुभकामनासहितको पत्रमा शाहसिक यात्राका लागि बधाई दिएकी छिन्।

प्रकाशित : ११ मंसिर २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल