सजाउन जाने घर पनि स्वर्गकै मन्दिर बन्छ


रञ्जिता पोखरेल दाहाल


गजलः

यो मुस्कान कसैका लागि तीर बन्छ।
अनि कोही कसैका लागि पीर बन्छ।।

जीवन हो, चुनौती छन्, र जित्नु पनि छ,
संघर्ष र चुनौती त मेरा लागि तकदीर बन्छ।।

रञ्जिता पोखरेल दाहाल

यात्रा लामो छ, सजाउनु छ यो फूलबारीलाई,
मैले गरेको सानो कर्म समाजमा नजिर बन्छ।।

नारी ममता, प्रेम र स्नेह भगवानकै उपहार हुन्,
सजाउन जाने घर पनि स्वर्गकै मन्दिर बन्छ।।

गाईघाट उदयपुर, हालः काठमाडौँ

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: