चक्रप्रसाद बाँस्तोलाबाट कांग्रेसले के सिक्ने?


राजेन्द्र गौतम


उनलाई सम्झदैँ गर्दा कसैले भने, ‘मिलनसार थिए।’ कसैले भने, ‘घम्साघम्सी पनि पर्थ्यो।’ तर, यो चक्र बाँस्तोलाको परिचय होइन। नेपाली प्रजातान्त्रिक आन्दोलनका ती साहसिक व्यक्ति पनि हुन्। कहिलेकाहीँ मान्छेले हार्दैगर्दा ऊ निरीह बन्छ। तर, चक्र त्यस्त थिएनन्। किनभने, उनी ६ वर्ष २ महिना कोमामा बसे। भाउजु कुसुम आदर्श महिला भइन् कि भइनन्? तर, चक्र अहिले बिरामी परेजस्तो अवस्थामा राख्ने महान् आमा वा श्रीमती (नाताले फरक पर्ला) यति परिचय कुसुम भाउजुका लागि काफी छैन।

लेखक राजेन्द्र गौतम।

जीवन संघर्ष हो। चक्रले गोठगाउँमा ढलेपछि जीवन त्यहीँ हारे। राजनीतिमा हारेनन्। तर, चीनले पठाइदिएको हतियार भारतलाई सुँइकोसम्म नदिई बंगलादेश पुर्याइदिने बाँस्तोला झापामा तीनपटक चुनाव लड्दा अपमानित भए वा सम्मानित भए, कांग्रेसले बुझ्न जरुरी छ।

चक्र महान थिएनन्, आदर्श थिए। त्यसैले उनी परराष्ट्रमन्त्री बने। कृषिमन्त्रीको जिम्मेवारी पनि सम्हाले। भारतीय राजदूत बन्नु उनका लागि चानचुने विषय नै थिएन। किनभने, उनै हुन्, विराटनगरबाट विमान अपहरण गरेर भारतको फारविसगञ्ज पुर्याउने। यति भए कोशीको तिरमा कोही भौँतारिनु पर्दैन।

चक्रलाई नबुझ्ने कांग्रेस होइन, अनि कांग्रेसी हुन पनि सक्दैन। बाँस्तोला लोकतान्त्रिक आन्दोलनका योद्धा थिएनन्, वीपीका सहयात्री थिए। नेपालमा विमान अपहरण गर्ने तागत कसैले राख्थ्यो भने, कि बाँस्तोलाले राखे। अब फेरि परिस्थिति आयो भने दुर्गा सुवेदीहरु ज्युँदै छन्। हामी यतिबेला पढ्दै छौँ ‘विमान अपहरण’। यो शब्द अपुग छ, त्यसैले कांग्रेसले पढ्नु पर्छ। वीपीले लेखेका हरेक किताबमा चक्र बाँस्तोलाको नाम छ। मैले जेल जर्नेल पढिनँ। न आमा, बुबा र छोरा । सुम्मिना अर्कै कुरा थियो। बाँस्तोला त्यहाँ छुटेछन्। दुर्गा सुवेदीले विमान अपहरणमा गज्जब सम्झेका छन्, त्यही पढे हुन्छ।

चक्रप्रसाद बाँस्तोला। साथमा उनकी श्रीमती कुसुम बाँस्तोला।

वीपी महान् मान्नेहरुले चक्रलाई झापामा जोडिदिए हुन्छ। विश्वप्रकाश, तिमी मोनालिसाको कुनै कथा नसम्झ र संगीत पनि नभर! तर, एक पटक सम्झ तिम्रो झापा मेरा प्रधानमन्त्रीको पनि झापा हो। हार र जीत दुवैसँग बराबर छ। बाँस्तोलाले तीनपटक चुनाव लडे, हार र जीत तिमी नै छुट्याऊ। तर, कनकाईको डिलमा लगेर बिजुलीको पोल गाड्ने मान्छे न केपी थिए, न विश्व। केपीले पनि चुनाव हारे। विश्वदीप लिङ्देन (सुरेश) अहिले पनि कांग्रेसमा छन्। चक्रले हार्नुको पछाडि न केपी थिए न विश्वदीप।

लोकतान्त्रिक पद्धतिलाई अनुशरण गर्नेहरु चुनावमा हार्नुलाई अनुभव मान्छन्। चक्रले त्यही माने। यति भनेँ, पङ्तिकारलाई अरु लेख्नु पनि थिएन। तर, झापामा चक्रलाई सम्झने प्रयत्न गरियो, भइरहेको छ। अल्प सम्झाई, आश गरेकाहरु कम बोल्छन्। किनभने, बोल्नुको पछाडि वेदना थियो। रुवाउनु कसैलाई पनि थिएन। डिल्ली सिटौलाले भने, ‘चक्रलाई सम्झने हो भने मैले होइन उनको योगदानलाई बुझ्नुपर्छ।’ विश्वले चक्रलाई सम्झेर आलेख नै लेखे।
मान्छेले हार्दै गर्दा पृथक धार बनाउँदो रहेछ। चक्रले उत्तरार्धमा त्यही गरे। भीमबहादुर तामाङलाई कांग्रेसको सभापति लडाए। हारे वा जिते, त्यो मत थियो, मन थिएन। सिटौलाले त्यहीनेर थपे, ‘चक्र बाँस्तोलाको परिचय यति नै हो।’

नेता बाँस्तोला।

दुईपटक चुनावको सहयात्री बनेका देउमान थेबे अलिक आक्रोशित बने। तर, शालिनतापूर्वक भने, ‘चक्र दाई बहुत रिसाउन जान्नुहुन्थ्यो, हुन्छ भने हुन्छ भन्ने हुँदैन भने हुँदैन भन्ने, गर्दा हुन्छ भने गर्छु भन्ने, यही हो दाईको परिचय। हामीले घम्साघम्सी गर्यौँ, चुनावमा हार जीत पनि भयो। तर, चक्र दाई चुनावमा हारे पनि विचारमा हार्नु भएन।’
थेबेको यो कथन र सिटौलाको अभिव्यक्तिले कि शर्मा जित्दैनन्, कि केपी हार्दैनन्। उहाँँहरुलाई सोधे पुग्छ , यसको जवाफ। अधिकांशको मत छ, ‘चक्र महान थिए।’

चक्र महान थिएनन्, आदर्श थिए। त्यसैले उनी परराष्ट्रमन्त्री बने। कृषिमन्त्रीको जिम्मेवारी पनि सम्हाले। भारतीय राजदूत बन्नु उनका लागि चानचुने विषय नै थिएन। किनभने, उनै हुन्, विराटनगरबाट विमान अपहरण गरेर भारतको फारविसगञ्ज पुर्याउने। यति भए कोशीको तिरमा कोही भौँतारिनु पर्दैन। किनभने, विराटनगरबाट फारविसगञ्ज ३० किमीको दुरीमा छ, विमान त्यो बेला कति समयमा त्यहाँ पुग्यो? चक्रको आत्मालाई सोधे हुन्छ।

चक्रको तस्वीरमा अबिर र माला चढाएर कुसुमलाई नदुखाए कसो होला कांग्रेसी? बिट मार्दै गर्दा चन्द्रडाँगीमा फर्ममा मैले भेटेका चक्रलाई अरुले चर्चा गरेपनि नगरेपनि झापामा एउटा सेवक होइन कांग्रेसमा इमान्दारिता देखाउने नेता थिए चक्रभन्दा फरक पर्ला र! खोजीको विषय बाँकी छ। चक्रले मुलुकलाई यहाँसम्म ल्याउन गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डलाई भेट गराउन के गरेनन्?

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: