लघुकथाः कर्मचारीको कैरन


हिमालय पोखरेल


‘मेरो त घरबार बिग्रने भो नि दाई।’

आज मलाई दुर्गममा कार्यरत एक कर्मचारीले गुनासो गरे।

मैले सोधेँ – ‘किन?’

उनको घर जागिरको भरमा चल्ने रहेछ। अनि घरमा उनकी बेहुलीले ‘तलब जति कसलाई खुवाउँछस्’ भनिन् रे।

३ महिना देखि १ रुपैयाँ देखेको छैन। दाल, चामल, ग्यास, तरकारी, नून, भुटुन, केही छैन। पसलमा उधारोले गर्दा बाटो हिँड्दा पनि झम्टन्छ।

हिमालय पोखरेल।

बच्चाको स्कूलले रेष्टिकेटको वारेण्ट लेटर पठाएको छ। दशैंले छोपिसक्यो। आजका मितिसम्म जति सहनु सहे अब तिम्रा छोराछोरी जिम्मा लिनु।

म १, २, ३ तिमीजस्तो बेगारी, कुलंगारसँग बस्दिँन भनेर कता हिँडिन् हिडिन्। म नाजवाफ भएँ। कोही मित्रहरूसँग केही उपाय भए लौन ती र तीजस्ता समस्यामा परेका निरीह राष्ट्र सेवकको घरबार भाँडिनबाट बचाउन मद्दत गर्नुपर्यो।

गुहार, गुहार, गुहार (सुशासन प्रवाहकर्ताको सत्यकथा) अझ महिला कर्मचारीको व्यथा झन् चर्को भन्नुभयो एक जना म्याडमले।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: