Logo

समाचार

कस्तो रह्यो उपराष्ट्रपतिको चीन भ्रमण?



काठमाडौ – उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गर्नुभयो।

उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो। उहाँको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो।

चीन भ्रमणको क्रममा उहाँले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित १७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला र एक क्षेत्र एक मार्ग बिआरआर्इ सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी हुनुभएको थियो।

उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो।

चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उहाँले शिष्टाचार भेट गर्नुभएको थियो।

प्रकाशित : ८ आश्विन २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल