Logo

मनोरञ्जन

छमछमी सिजन–४ प्रारम्भः कहाँ र कहिले हुँदैछ अडिशन?



काठमाडौं – छमछमी, नेपालको नृत्यमा आधारित पहिलो रियालिटी शो। र, ऐतिहासिक पनि। झापाको बिर्तामोडकी अनुजा अग्रवालले पहिलो सिजनको विजेता बनेर इतिहास लेखिन्।

छमछमीकै सिजन–२ मा पूर्वकै साजन तामाङले उपाधि बाजी मारे। र, छमछमी सिजन–३ मा हेटौँडाका सरोज प्रजा विजेता बने। यसरी शुरु भएको शिलशिला अहिले सिजन–४ मा आइपुगेको छ।

नेपाल टेलिभिजनको नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ।

छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो। ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ।

मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छलछमी–३ सम्म नाचेर गइसकेका छन्। संविधान दिवसका अवसरमा नेपाल टेलिभिजनले छमछमी–४ को अडिशन शुरु गरेको छ।

छमछमीको काठमाडाैं अडिशन।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छमछमी–४ को उद्घाटन गरे बाँस्कोटाले देशको आर्थिक समृद्धिका लागि कला, संस्कृति र सभ्यताले ठूलो सहयोग गर्न सक्ने बताए।

उनले देउडा, तामाङ सेलो, चण्डी नाच, सोरठी आदि हाम्रा मौलिक संस्कृति भएको बताए। मन्त्री बाँस्कोटाले छमछमी कार्यक्रमले देशमा छरिएर रहेका प्रतिभाहरुको पहिचान तथा कला र संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको भेशभूषा देखिने बताएका छन्।

छमछमीमा १४ वर्षमाथिका नेपाली नागरिकले भाग लिन पाउनेछन्। नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदेखि सो कार्यक्रमको शुरुवात भएको हो।

छमछमी–४ का निर्णायकमा नृत्यङ्गाना मिथिला शर्मा रहेकी छिन्। उनी पहिलो श्रृङ्खलादेखि नै निर्णायकको भूमिकामा रहेकी छिन्। त्यस्तै राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा नृत्य मञ्चमा स्थापित महेश गोदार र नायिका सञ्चिता लुइँटेल पनि निर्णायकमा रहेका छन्।

छमछमी–४ मा २ सय जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। कामाडौंपछि बिर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढी अडिशन हुनेछ। कार्यक्रम प्रस्तोतामा नारायण कडरिया र रोशनी खत्री रहेका छन्।

आगामी कात्तिक ४ गतेदेखि साँझ ८ बजेर ५० मिनेटमा प्रशारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजकले गरेको छ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल