Logo

विज्ञान/प्रविधि

सावधान! यी हुन् छोरी–चेलीले फेसबुक वा सामाजिक सञ्जालमा गर्नै नहुने १० कार्य



काठमाडौं – सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या दिनैपिच्छे बढिरहेको छ। नेपालका दुरदराजसम्म इन्टरनेटको पहुँच विस्तार भएकाले पनि सामाजिक सञ्जालमा पहुँच बढ्न पुगेको हो।

तर, सामाजिक सञ्जालका केही असामाजिक प्रवृतिहरुमाथि खोज गरिएको छ। र, विज्ञहरुको सुझावका आधारमा महिला दिदीबहिनीहरुलाई १० वटा सुझाव दिइएको हो।

सामाजिक सञ्जालकै कारण अश्मिता लुटिएका घटनाहरुप्रति सजग गराउन पनि यी सुझाव प्रस्तुत गरेको हो। जुन निम्न छन्ः

१, अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आए अक्सेप्ट नगनुहोस्। 

२, फेसबुकमा कसैसँग अश्लिल कुराकानी नगर्नु होस्। र, कसैले अश्लिल कुराकानी गरे तुरुन्तै प्रहरीमा जाहेरी दिनुहोस्।

३, फेसबुकमा चिनजान भएको भरमा भेट्ने वा कतै घुम्न जानु खतरनाक हुन्छ। त्यसै अपरिचितलाई नभेट्नुस्, उसँग कतै घुम्न पनि नजानुहोस्।

४, फोन नम्बर दिनु पनि जोखिमपूर्ण हुन्छ। त्यसैले आफ्नो अन्य सम्पर्क नदिनुहोस्।

५, सबै व्यक्तिको नियतमा खोट हुँदैन। तर, आफ्नो सुरक्षाका लागि फेसबुक वा अन्य सामाजिक सञ्जालको प्रयोगमा सधैँ सतर्क रहनु होस्। 

६, चिनजान भयो। र, भेट्न मन लागेमा आफ्नो साथी वा आफन्त लिएर मात्रै जानुहोस्। नभए तपाईको सुरक्षामा चुनौति हुन सक्छ।

७, इमेल–इन्टरनेटको माध्यमबाट पनि अपधारीहरु सक्रिय भइरहेको परिप्रेक्षमा अपरिचितका कुनै पनि लोभलालचमा नफस्नु होस्, नबहकिनु होस्।

८, संवादका क्रममा आफ्ना उत्तेजक तस्वीर शेयर नगर्नुहोस्। किनभने प्रहरीको रिपोर्ट अनुसार कतिपय अपराधका घटनामा महिलाले पठाएका तस्वीर पनि कारण बनेका छन्।

९, कोही मन परेमा परिवारसँग सल्लाह गर्नुहोस्। र, सम्बन्धित व्यक्तिको परिवारसँग भेटेरै मात्र कुरा अघि बढाउनुहोस्।

१०, र अन्त्यमा नारीहरु अझै पनि सामाजिक विभेदको शिकार भइरहेका बेला अहिले आफ्नो भविष्यलाई ध्यान दिनुहोस्। पढाईलाई ध्यान दिनुहोस्। अनि मात्रै अघि जीवनसाथीको विषयमा सोच बनाउनुहोस्। जीवन आफैँ सुखी र खुशी हुने छ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल