Logo

राजनीति

उपराष्ट्रपति पुन छेन्दुमा, उच्चस्तरीय भेट आजै



सिचुवान (चीन) – उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु आइपुग्नुभएको छ। पुन सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट स्थानीय समयअनुसार ३ बजेर ४० मिनेटमा छेन्दु आइपुग्नुभएको हो।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरका अुनसार पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उच्च अधिकारीले स्वागत गरेका थिए। पुन छेन्दुमा बिहीबारबाट सुरु हुने १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन आई पुग्नुभएको हो। उहाँले बिहीबार बिहान १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्नुहुनेछ। बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्यूनिस्ट पार्टी सिपिसी सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्री भोजमा सहभागी हुनुहुनेछ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुणकुमार केसी हुनुहुन्छ।

यसैगरी, परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत इन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा हुनुहुन्छ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल