Logo

अन्तरवार्ता

अष्ट्रेलिया उत्कृष्ट शैक्षिक गन्तव्य होः श्रेष्ठ



नेपाली विद्यार्थीहरु विदेशमा गएर पढ्ने परिपाटीको विकास भएको दशकौं भइसकेको छ। तर, पछिल्लो एक दशकलाई विश्लेषण गर्ने हो भने नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनमोह धेरै बृद्धि भएको छ। कुनै समय यस्तो पनि थियो कि नेपाली विद्यार्थीहरु कहाँ पढ्ने के गर्ने भन्ने विषयमा अन्यौलमै रहन्थे। तर, अब त्यस्तो समस्या आउँदैन। किनभने नेपालमा शैक्षिक परामर्श दिने धेरै संस्थाहरु सञ्चालनमा रहेका छन्। र, विद्यार्थीको हीत तथा शैक्षिक सरोकारका विविध आयामहरुमा क्रियाशील एउटा संस्था हो – नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेस। नेपकम्सले शैक्षिक जागरण, विदेशमा गएर अध्ययन कसरी गर्ने तथा वैदेशिक शिक्षाको सरोकारमा जानकारी गराउने र विद्यार्थीका जिज्ञाशा समाधान गर्ने उद्देश्यले काठमाडौं र पोखरामा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’को आयोजना गर्दैछ। यही विषयमा नेपकम्सका प्रबन्ध निर्देशक सोवित श्रेष्ठसँग गरिएको कुराकानीः

नेपकम्स कहिले स्थापना भएको हो?

–नेपकम्सको स्थापना सन् २०११ नोभेम्बरमा भएको हो। तर, हामीले यो क्षेत्रमा सन् २००८ बाटै काम शुरु गरेका थियौं। तर, संस्थाको नाम अर्कै थियो। र, नेपकम्सको नामाकरण सन् २०११ मा भएको हो।

नेपकम्सबाट के–के सेवा उपलब्ध हुन्छ?

–हामी शैक्षिक परामर्श (एजुकेशन कन्सल्ट्यान्सी)को क्षेत्रमा काम गर्ने भएको नाताले विषेशगरी अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई बढी प्राथमिकता र सेवा प्रदान गरिरहेका छौं। हाम्रो संस्थाबाट अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीहरु धेरै छन्। साथै संयुक्त राज्य अमेरिकामा र न्यूजिल्याण्डमा पनि हामीले विद्यार्थीको एड्मिशन तथा भिसा प्रोसेसिङ गर्छौं। त्यससँगै हामीले आइइएलटिएस र टेस्ट प्रिपरेशनको क्ल्यास पनि गर्छौं। अष्ट्रेलियामा हाम्रो ब्राञ्च अफिस भएकाले सिड्नीमा र मेल्बर्नमा हाम्रो ब्राञ्च अफिस छ। त्यस कारण विद्यार्थीको फाइनान्सियल स्टाटसको हिसाबले त्यहाँको लाइफस्टाइल, उसको एक्ट एण्ड ब्याकग्राउण्डलाई हेरेर अष्ट्रेलियामा पाउने सेवासुबिधाका बारेमा काउन्सलिङ या करियर काउन्सलिङ साथै सम्पूर्ण जानकारी र एड्मिशन प्रोसेसबारे विस्तृत विवरण प्रदान गर्छौं। विद्यार्थीको इच्छा, अपेक्षा र क्षमता अनुसारको कलेजमा रेफर गर्छौ। र, कलेजका विविध पक्षबारे अध्ययन गराउँछौं। विद्यार्थीले जुन कलेज छान्छन्, त्यसै कलेजमा एड्मिसन प्रोसेस मिलाउने काम पनि गर्छौं। कलेजको सबै प्रक्रिया पूरा भएपछि विद्यार्थीहरुलाई भिसा प्रोसेसिङमा सहयोग गर्छौं।

सोवित श्रेष्ठ।

नेपकम्सलाई अझै धेरै विद्यार्थीसम्म पुर्याउन के गर्दै हुनुहुन्छ?

–ब्राण्डका लागि हामी विशेषतः सामाजिक कार्यहरूमा सक्रिय रूपमा लागिरहेका छौं। सामाजिक कार्यक्रमहरू गरिरहेका छौं। सामाजिक परिवर्तनका लागि मद्दत पुर्याउने कार्यक्रममा हाम्रो जोड हो। होली इभेन्ट, क्वीज कन्टेस्टहरूमा स्पोन्सर गरिरहेका हुन्छौं। अर्को, फ्री एशोसिएशन फेयरहरूमा गर्छौं। जहाँ विद्यार्थीहरूलाई इण्डस्ट्रीका बारेका र अष्ट्रेलियाली ट्रोपोलोजीको बारेमा बुझ्न मद्दत गर्छ। हामीले एजुकेशन सेमिनार र फेयरहरू पनि गर्दै आएका छौं। साथै नेपकम्स अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको सेवामा सधैँ प्रतिबद्ध छ।

अबको योजना के छ?

–हाम्रो तत्कालिक योजनामा एजुकेशन फेयर परेको छ। र, पोखरा र काठमाडौंमा हुँदैछ। सेप्टेम्बर २० तारिखमा पोखराको चिप्लेढुङ्गाको डी भिलेज रेष्टुरेन्टमा एजुकेशन फेयर हुँदैछ। काठमाडौंमा सेप्टेम्बर २२ मा होटल अन्नपूर्णमा हुँदैछ। दुवै स्थानमा १० बजेबाट ४ बजेसम्म कार्यक्रम हुनेछ। दुवै कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि सहभागी रहनु हुनेछ। विद्यार्थीसँग प्रत्यक्ष रुपमा संवाद गर्ने र त्यहाँको जनजीवन तथा अष्टे«लियाका विविध आयामका विषयमा अन्तरक्रिया हुने छ। विद्यार्थीहरू छात्रवृत्तिका लागि योग्य रहेमा त्यसको पनि व्यवस्था गरिने छ।

कुन–कुन कलेजबाट प्रतिनिधिहरु आउँदै हुनुहुन्छ?

–अहिले भिक्टोरिया र सिड्नीस्थित कलेजहरुबाट प्रतिनिधिहरु आउँदै हुनुहुन्छ। एडुको, स्कटेन क्रस विश्वविद्यालय, एक्सेल्सिया, केओआई एभिएलसी, आएचएनए, आइएएचएम, भिक्टोरिया विश्वविद्यालय, एपिआइसी, एआइबिटी, क्वीन्सफोर्ड लगायत ३० वटाभन्दा धेरै कलेजबाट प्रतिनिधिहरु आउनु हुने छ। अष्ट्रेलिया उत्कृष्ट शैक्षिक गन्तव्य हो। विद्यार्थीहरूले अध्ययनका लागि जान सक्ने अाधार हामी तयार गर्छाैं।

अष्ट्रेलिया वा कुनै अर्को देशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई के सन्देश दिनुहुन्छ?

–नेपालबाट अष्ट्रेलिया गएर पढ्ने एउटा ठूलो डिसिजन हो। अष्ट्रेलियाका कलेजबारे रिसर्च गरेर त्यहाँ बस्नका लागि के कस्तो व्यवस्था छ भन्ने पूर्ण रुपमा जानकारी दिनुपर्छ। अहिले नेपालबाट जाने विद्यार्थीले अष्ट्रेलिया गएपछि कलेज परिवर्तन गर्ने क्रम बढिरहेको छ। यसले विद्यार्थीलाई नै घाटा हुन्छ। नेपालबाट सबै कुरा बुझेर मात्रै जानु पर्छ। आफ्नो आर्थिक अवस्था हेरेर कुन कलेजमा पैसा तिर्न सकिन्छ, आफूलाई कुन विषय मन परेको छ भन्ने सोचेर निर्णय लिनुपर्छ। बुझेर जाँदा कलेज फेर्नु समस्या आउँदैन। आफ्नो समय र पढाईको खर्चको बचत हुन्छ।

प्रकाशित : २ आश्विन २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल