Logo

राजनीति

उपराष्ट्रपति पुन किन जाँदैछन् चीन भ्रमणमा?



काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन्। ६ दिने औपचारिक भ्रमणका लागि पुन बिहान सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेकाहुन्। उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उपराष्ट्रपति नन्दबहादुर पुन।

उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा एक क्षेत्र एक मार्ग बिआरआर्इसम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने छ। चीनमा रहँदा उनसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन्। उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौं आइपुग्ने छन्।

यसैबीच, उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्। राष्ट्रपति भण्डारीलाई आज अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका हुन्।

प्रकाशित : २ आश्विन २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल