Logo

समाचार

निर्मलाको न्यायका निम्ति देशैभर प्रदर्शन



काठमाडौं – साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति देशव्यापी प्रदर्शन भएको छ।

अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौं उपत्यकासँगै देशभरि प्रदर्शन गरिएको हो।

निर्मला पन्त। र, अभियुक्तलार्इ कारबाहीको माग राखेर गरिएको प्रदर्शन।

‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका सर्वसाधारणले तत्काल अभियुक्त पक्राउ गर्न माग गरेका छन्।

‘निर्मलाका निम्ति न्याय’ अभियानले मुलुकका २६ स्थानमा प्रदर्शन गरिएको जनाएको छ। प्रदर्शनमा १०औं लाख नागरिकले सहभागिता जनाएका छन्।

प्रकाशित : ३० भाद्र २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल