Logo

समाचार

देशैभर तीजको उल्लास (हेनुहोस् फोटोफिचर)



काठमाडौं – भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज पर्वको उल्लास देशैभर देखिएको छ। प्रमुख तीर्थस्थल एवं शक्तिपीठहरुमा भक्तजनहरुको भीड रह्यो।

तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ। कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन्। पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ।

विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ। यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ।

यसैबीच, पशुपतिनाथ मन्दिरमा दशौं लाख भक्तजन एवं ब्रतालुहरुले दर्शन एवं पूजा गरेका छन्। कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो।

दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरेका थिए। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड रहेको थियो। उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो रहेको थियो।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल